प्रशासन र नगरपालिकाले बल्ल देखायो चासो

गुल्मी : जिल्लाको मुसिकोट नगरपालिकामा बिना टेन्डर सिधै निर्माण व्‍यवसायीलाई विद्यालय भवनको निर्माणको विषयमा प्रशासन र नगरपालिकाले बल्ल चासो देखाएको छ। 'गुल्मीमा उपभोक्ता समितिको मनपरी : टेन्डरबिनै ८५ लाखको भवन निर्माण जिम्मा' समाचार  थाहाखबर डटकममा  प्रकाशन भएपछि जिल्ला प्रशासन कार्यालय गु...

सम्बन्धित सामग्री

सडक दुर्घटना रोक्न अग्रसर स्वर्गद्वारी नगरपालिका

जोखिमयुत्त सडकमा अभ्यस्त ड्राइभरले मात्रै सुरक्षित सवारी हाँक्न सक्ने ठहर गर्दै स्वर्गद्वारी नगरपालिकाले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी जिल्ला बाहिरबाट आएका गाडीहरुलाई भिंगृ–स्वर्गद्वारी सडकखण्डमा चल्न नदिने निर्णय लिएको छ।

अनलाइन फारम विदुरले निः शुल्क भरिदिने

त्रिशूली, २६ वैशाख । जिल्ला प्रशासन कार्यालय नुवाकोटमार्फत राहदानी र राष्ट्रिय परिचयपत्रको अनलाइन आवेदन फारम विदुर नगरपालिकाले निःशुल्क भरिदिने भएको छ । नुवाकोटका प्रमुख जिल्ला अधिकारी किरण थापा र विदुर नगरपालिका प्रमुख राजन श्रेष्ठसहितको सरोकारवालाबीच सोमबार भएको निर्णयानुसार प्रशासन कार्यालयमा राहदानी र राष्ट्रिय परिचयपत्र बनाउन पुग्ने सेवाग्राहीको आवेदन फाराम नगरपालिकाले निःशुल्क भर्ने व्यवस्था गर्न लागिएको […]

निर्माण सम्पन्न भएर प्रयोगविहीन आधुनिक बसपार्क चलाइने

निर्माण सम्पन्न भएर प्रयोगविहीन भएको आधुनिक बागलुङ बसपार्कको सञ्चालनका लागि बागलुङ नगरपालिकाले छलफल थालेको छ । बागलुङ नगरपालिका–४ उपल्लाचौरको दावगह्रामा निर्माण भएको आधुनिक बसपार्क सञ्चालनका लागि नगरपालिकाले सरोकारवालासँग छलफल गरेको हो । सोमबार जिल्ला प्रशासन, प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवस्था कार्यालय, उद्योग वाणिज्य सङ्घ, जनप्रतिनिधि र यातायात व्यवसायी समेतको छलफलमा बसपार्क सञ्चालनका लागि आवश्यक राय मागिएको थियो । बसपार्क सञ्चालन हुँदा प्रयोगविहीन हुने चिप्लेटी बसपार्कको उपयो

प्रशासनको आदेशविपरीत विद्यालय खोल्दै गोकर्णेश्वर नगरपालिका

काठमाडौ– जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशविपरीत गोकर्णेश्वर नगरपालिकाले विद्यालयमा भौतिक रुपमा विद्यार्थी उपस्थित गराएर पठनपाठन गराउने निर्णय गरेको छ । यही १४ माघमा प्रशासनले जारी गरेको आदेशको पहिलो बुँदामा ‘विद्यालय, विश्वविद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप सञ्चालन गर्दा संवत् २०७८ माघ मसान्तसम्म भौतिक उपस्थितिमा सञ्चालन नगर्ने, नगराउने’ उल्लेख छ । तर, […]

गोकर्णेश्वर नगरपालिकाले विद्यालय बन्द नगर्ने

काठमाडौं : गोकर्णेश्वर नगरपालिकाले नगर भित्रका विद्यालय सञ्चालनमा रोक नलगाउने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले बन्द गर्न निर्देशन दिए पनि जिल्लासँग समन्वय गरी सञ्चालन गरिने नगरपालिका प्रमुख सन्तोष चालिसेले बताएका छन्।नगरपालिकाले करिब ५ महिनादेखि बन्द रहेका विद्यालय हिजो (मंगलबार) देखि नगरभित्रका सबै निजी तथा सामुदायिक विद्यालय सञ्चालन गरी भौतिक उपस्थितिमै अध्ययन अध्यापन गराउने निर्णय गरेको थियो।सोही निर्णयअनुसार विद्यालय सञ्चालनमा आएका थिए। तर जिल्ला प्रशासन कार्यालय काठ

मध्यपहाडी लोकमार्गको जोखिम हटाउन नगरपालिकाले गर्‍याे प्रशासन कार्यालयलाई अनुरोध

पर्वत – निरन्तरकाे वर्षाका कारण सडकमा जोखिम बढ्दै गएपछि कुश्मा नगरपालिका कार्यालयले जिल्ला प्रशासन कार्यालय र जिल्ला सुरक्षा समितिसमक्ष जोखिम हटाएर सहज यात्रा गर्ने वातावरण सिर्जना गर्न माग गरेको छ ।  कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीले जिल्ला सुरक्षा समितिका पदाधिकारी र प्रमुख जिल्ला अधिकारीसमक्ष जोखिम हटाउनका लागि माग गर्नुभएको हो ।  यसअघि मध्यपहाडी लोकमार्गको कास्की नयाँ पुलको सिमानादेखि बाग्लुङ–पर्वतको सिमाना मालढुंगासम्म झन्डै १५ दिन सडक बन्द भएको थियो । झन्डै एक सय मिटर माथिबाट ढुङ्ग...

एकीकृत नगर विकास गुरुयोजना निर्माणमा गोरखा नगरपालिका

प्रदेश : गण्डकीजिल्ला: गोरखावडा संख्या: १४टोल विकास संस्था: २ सय २३कुल क्षेत्रफल : १३१.८६ वर्गकिलोमिटर पुरानो ५८ मध्येको एक हो— गोरखा नगरपालिका । चालू आर्थिक वर्ष २०७८-०७९ को आयव्ययको विवरण अझै पनि नगरपालिकाले वेबसाइटमा प्रकाशित गरेको छैन । नगरपालिकाले बजेट १० गते नै सभामा पेस गरेर सोही दिन पारित गरेको संघीय मामिला तथा सामान्य प्रशासन […]

कटारी नगरपालिकाका मेयर, उपमेयर र कर्मचारीका घर तोडफोड

उदयपुरको कटारी नगरपालिकाका मेयर, उपमेयर र कर्मचारीको घर तोडफोड भएको छ । नगरपालिकाले आफ्नो घर भत्काइदिएको भन्दै स्थानीयले बुधबार घर तोडफोड गर्नुका साथै सवारी साधनमा समेत क्षति पु-याएका हुन् । इलाका प्रशासन कार्यालय रहेको घरमा समेत तोडफोड भएको छ ।कटारी नगरपालिका ४ जहडीमा रहेको सरकारी जग्गा अतिक्रमण गरी स्थानीयले घर बनाएका थिए । ती घरहरु […]

बेलौरी नगरमा अत्यावश्यक बाहेकका सेवा पूरै बन्द

कञ्चनपुर : बेलौरी नगरपालिकाले अत्यावश्यक स्वास्थ्य सेवाबाहेक सबै सेवा पूर्ण रूपमा बन्द गरेको छ। कोरोना भाइरसको संक्रमणबाट हुने जोखिम न्यूनीकरण गर्न नगरपालिका कार्यालय र वडा कार्यालयका सम्पूर्ण सेवाहरु बन्द गरिएको नगर प्रमुख पोतिलाल चौधरीले बताए।अत्यावश्यक स्वास्थ्य सेवा बाहेकका सबै सेवा सोमबारदेखि वैशाख २६ गते सम्मका लागि बन्द गरिएको उनले बताए।जिल्ला प्रशासन कार्यालयले निशेषाज्ञा जारी गरे पनि नगरपालिकाले कार्यालय सञ्चालन गर्दै आएको थियो। जिल्लाका अन्य स्थानीय तहले भने अत्यावश्यक सेवाबाहेक अन्य स

काठमाडौं प्रवेश गर्ने नाकामा कोरोना परीक्षण थालिने

काठमाडौं : उपत्यका प्रवेश गर्ने नागरिकलाई एन्टिजेन्ट विधिबाट कोरोना परीक्षण गरिने भएको छ।सम्बन्धित नगरपालिकाले स्वास्थ्य सामग्री राखेर प्रवेश गर्ने नागरिकहरुको परीक्षण गर्न निर्देशन दिएको काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख कालीप्रसाद पराजुलीले थाहाखबरलाई जानकारी दिए।उनका अनुसार चन्द्रागिरि नगरपालिका र दक्षिणकाली नगरपालिकाले हेल्थ डेस्क राखी परीक्षण गर्न गर्ने भएका हुन्। स्वास्थ्य कार्यालयबाट सामग्री पाएपछि र स्वास्थ्यकर्मीलाई तालिम दिएपछि प्रक्रिया बढाइनेछ।साँगा न