निर्माण सम्पन्न भएर प्रयोगविहीन आधुनिक बसपार्क चलाइने

निर्माण सम्पन्न भएर प्रयोगविहीन भएको आधुनिक बागलुङ बसपार्कको सञ्चालनका लागि बागलुङ नगरपालिकाले छलफल थालेको छ । बागलुङ नगरपालिका–४ उपल्लाचौरको दावगह्रामा निर्माण भएको आधुनिक बसपार्क सञ्चालनका लागि नगरपालिकाले सरोकारवालासँग छलफल गरेको हो । सोमबार जिल्ला प्रशासन, प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवस्था कार्यालय, उद्योग वाणिज्य सङ्घ, जनप्रतिनिधि र यातायात व्यवसायी समेतको छलफलमा बसपार्क सञ्चालनका लागि आवश्यक राय मागिएको थियो । बसपार्क सञ्चालन हुँदा प्रयोगविहीन हुने चिप्लेटी बसपार्कको उपयो

सम्बन्धित सामग्री

बसपार्क सञ्चालनमा ढिलाइ

बागलुङमा निर्माण गरिएको आधुनिक बसपार्क प्रयोगविहीन भएको छ । बागलुङ नगरपालिका–४, उपल्लाचौरमा करिब नौ करोड रुपियाँ लागतमा निर्माण भएको उक्त बसपार्क निर्माण सम्पन्न भएको साढे दुई वर्ष बितिसक्दा पनि सञ्चालनमा आएको छैन । बसपार्कका लागि जग्गा उपलब्ध गराउने जग्गादाता र नगरपालिकाबिच भएको सम्झौता कार्यान्वयनमा ढिलाइ हुँदा बसपार्क सञ्चालन गर्न समस्या भएको हो । नगर विकास कोषको ऋण सहयोगमा नगरपालिकाले ठेक्कामार्फत २०७८ असारमा बसपार्क निर्माण सम्पन्न गरिएको थियो । बसपार्कमा सुविधासम्पन्न टिकट कक्ष, टर्मिनल भवन, व्यापारिक भवन, भूमिगत ट्याक्सी तथा मोटरसाइकल पार्किङ र ग्यारेज निर्माण गरिएको छ ।

बालेनसँग भीडेर आधुनिक बसपार्क

२०८० भाद्र १५ पछि अहोरात्र मेहनत, परिश्रम र संघर्षले निजी स्तरको सामूहिक प्रयासबाट बसपार्क निर्माण सम्पन्न भएको छ ।

करोडौंको लागतमा निर्मित बसपार्क प्रयोगविहीन

बागलुङमा निर्माण सम्पन्न भएको आधुनिक बसपार्क अझैसम्म प्रयोगविहीन अवस्थामा रहेको छ। नगर विकास कोषको ऋण सहयोगमा बागलुङ नगरपालिकाद्वारा निर्मित बसपार्क सञ्चालनको पर्खाइमा छ । तस्बिर- रामबहादुर थापा/रासस