म्याग्दी : जिल्लाको मंगला गाउँपालिका ५ अर्मनका किसानले यस वर्ष रु ८० लाखको सुन्तला गाउँबाट नै बिक्री गरे। यस अघिका वर्षमा ३० देखि ५० लाख रुपैयाँसम्मको सुन्तला बिक्री गर्ने गरेका अर्मनेली किसानहरूले सुन्तलाका बोटमा मल र विषादीको रूपमा मानव मूत्रको प्रयोग गर्न थालेछि उत्पादन बढेको र मुनाफा बढी भएको बताए।मंगला गाउँपालिकाको अर्मन, आरुखोला, मठबोट र खालाखर्कका किसानले खाद्यान्नलगायत तरकारी र फलफूल खेतीमा रासायनिक मल र विषादीको सट्टा मानव मूत्रको प्रयोग गरी खेती गर्न सुरु गरेपछि यहाँ मानव मूत्रको