काठमाडौँ । कोभिड–१९ कालमा लागु गरिएको ६ फिट सामाजिक दूरी र बालबालिकालाई ६ अनिवार्य मास्क अध्ययन तथा वैज्ञानिक आधारबिना लागू गरिएको खुलासा भएको छ । अमेरिकी सरुवा रोग सम्बन्धी काम गर्ने संस्थान एनआइएआइडीका कोभिडकालमा निर्देशक रहेका डाक्टर एन्थोनी फाउसीले कुनै अध्ययन र तयारीबिना त्यस्ता नियम लागु गरेको बताएका छन् । अमेरिकी सदनको कोरोना भाइरस महामारीबारेको […]
काठमाडौं । दक्षिण कोरियाले मास्क लगाउन पर्ने बाहेकका सबै कोभिड प्रतिबन्ध हटाउने निर्णय गरेको छ । कोभिड सङ्क्रमणलाई नियन्त्रणमा राख्नका लागि दक्षिण कोरियाले विगत २ वर्ष देखी विभिन्न प्रतिबन्ध लगाएको थियो । अहिलेसम्म पनि सार्वजनिक स्थानमा १० जना भन्दा बढी जम्मा हुन नपाउने, मध्यरात देखी सम्पूर्ण रेस्टुराँहरू बन्द गर्नु पर्ने, १० मिटर अनिवार्य सामाजिक दूरी […]
कास्की (अस) । गण्डकी प्रदेशको राजधानी पोखरामा एक सातादेखि कोरोना संक्रमण तीव्ररूपमा बढेपछि स्थानीय प्रशासनले शनिवारदेखि ‘स्मार्ट लकडाउन’ लागू गरेको छ । यसअघि मेला, महोत्सव जस्ता कार्यक्रम सञ्चालन गर्न रोक लगाएको कास्की जिल्ला प्रशासनले सूचना जारी गर्दै कास्की जिल्लाभर स्मार्ट लकडाउन घोषणा गरेको हो ।
कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन सहितको संक्रमण फैलिँदै गएकाले शनिवारदेखि विद्यालय तथा कलेज खोल्न नपाइने गरी रोक लगाइएको कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए । प्रजिअ आचार्यले गृह मन्त्रालयको निर्देशन तथा जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रको बैठकले सार्वजनिक सेवा लिन कोभिडविरुद्धको खोप लगाएको प्रमाण देखाउनुपर्ने निर्णय गरेको बताए । सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी जम्मा हुन र राजनीतिक, सामाजिक तथा सांस्कृतिक लगायत भेला, महोत्सव, मेला, सभा, सम्मेलन गर्न रोक लगाइएको छ ।
सार्वजनिक सवारीसाधनमा यात्रुले अनिवार्य रूपमा मास्क लगाउनुपर्नेछ । हवाई जहाजबाट यात्रा गर्नुपूर्व कोभिडविरुद्धको खोप लगाएको कार्ड वा कोभिड नेगेटिभ भएको रिपोर्ट देखाउनुपर्नेछ । जिल्लामा आधारभूत तथा माध्यमिक विद्यालयको पठनपाठनमा रोक लगाइए पनि सेमेस्टर र वार्षिक परीक्षा तथा अन्य परीक्षाको हकमा स्वास्थ्य सुरक्षा मापदण्ड पालन गरी सञ्चालन गर्न अनुमति दिएको छ । औषधि लगायत अत्यावश्यक वस्तु तथा सेवाको आपूर्तिमा कृत्रिम अभाव सृजना गर्ने, मूल्य वृद्धि गर्ने, लुकाउने तथा प्रशासनको आदेश पालना नगरेमा कानून बमोजिम कारबाही गरिने आदेशमा उल्लेख छ । प्रशासनले धार्मिक, पारम्परिक, सांस्कृतिक कार्य गर्दा÷गराउँदा परिवारमा मात्र सीमित गर्न भनेको छ । साथै सेवा प्रदायकहरूले खुला स्थानमा अनिवार्य सामाजिक दूरी कायम गरेर सेवा दिने व्यवस्था मिलाउन पनि भनेको छ । कास्की प्रशासनले जारी गरिएको आदेशको पालना भए÷नभएको अनुगमन गरी उल्लंघन गरेको पाइए प्रचलित कानून बमोजिम कारबाही हुने बताएको छ ।
काठमाडौं । काठमाडौंमा कोभिडको संक्रमण कायम रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले अनावश्यक रूपमा भीडभाड, सभा, जुलुस, जात्रा, महोत्सव र भोज आयोजना गर्न रोक लगाएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालद्वारा जारी आदेशमा बिहीवार राति १२ बजेदेखि लागू हुनेगरी सभा, जुलुस, जात्रा, महोत्सव तथा भोज गर्न नपाइने उल्लेख छ । जिल्ला प्रशासन कार्यालयले अर्को आदेश जारी नहुँदासम्म लागू हुनेगरी यो आदेश जारी गरेको हो ।
कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको भन्दै अनिवार्य मास्क प्रयोग गर्न, दूरी कायम गर्न तथा घरभित्रै रहेर न्यूनतम सहभागितामा चाडपर्व मनाउन पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंले आग्रह गरेको छ ।
यसैगरी काठमाडौं उपत्यकामा मास्क नलगाएका यात्रुलाई सार्वजनिक सवारीसाधनमा चढ्न रोक लगाउने निर्णय गरिएको छ । प्रशासनले सार्वजनिक सवारीसाधनको ढोकामा अनिवार्य सेनिटाइजरको व्यवस्था गर्न समेत यातायात व्यवसायीलाई निर्देशन दिएको छ ।
कोभिड–१९ संक्रमणको जोखिमका कारणसार्वजनिक सवारीसाधन अनिवार्य रूपमा दैनिक सेनिटाइज गर्नुपर्ने निर्णय गरिएको उल्लेख छ । साथै सार्वजनिक यातायातका साधनमा निर्धारित सीटसंख्या भन्दा बढी यात्रु नचढाउन पनि प्रशासनले आग्रह गरेको छ । यसैगरी होटल, रेष्टुराँ र सिनेमा हलमा सामाजिक दूरी कामय गर्न आदेश जारी गरिएको छ ।
उक्त आदेश पालना नगरेको पाइए कानून बमोजिम कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ ।
गृह मन्त्रालयको स्पष्टोक्ति
यसैबीच, सरकारले संविधान, प्रचलित कानून र कोभिड–१९ को नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य प्रोटोकलभित्र रही गरिने कुनै पनि क्रियाकलापमा बन्देज लगाउने कुनै आदेश र उद्देश्य नभएको स्पष्ट पारेको छ ।
‘नेपालको संविधान, प्रचलित कानून र कोभिड–१९ को नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य प्रोटोकलभित्र रही गरिने कुनै पनि क्रियाकलापमा बन्देज लगाउने नेपाल सरकारको कुनै आदेश र उद्देश्य नभएको व्यहोरा सबैको जानकारीका लागि अनुरोध छ,’ मन्त्रालयद्वारा बिहीवार जारी विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा जिल्ला प्रशासन कार्यालय, काठमाडौं र भक्तपुरले जारी गरेको आदेशको विषयमा सार्वजनिक रूपमा अभिव्यक्त चासो र चिन्ताप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । रासस
असोज १३, तनहुँ । जिल्ला संकट व्यवस्थापन केन्द्रले यसअघि जारी भएको निषेधाज्ञा आदेशलाई निरन्तरता दिएको छ । कोभिड–१९ को जोखिम अझै कम नभएको निष्कर्षसहित केन्द्रले निषेधाज्ञा आदेश कायम गरेको हो
केन्द्रका संयोजक एवम् प्रजिअ विश्वप्रकाश अर्यालले बुधवार विज्ञप्ति जारी गरी यसअघि जारी भएको निषेधाज्ञालाई अर्को आदेश नभएसम्म जिल्लाभर लागू गरिएको जानकारी दिए ।
मन्त्रिपरिषद्को यही असोज ५ को निर्णय, स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उदफा ३, संक्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी सो आदेशलाई निरन्तरता दिइएको हो ।
आदेशमा सर्वसाधारण सबैले मास्क प्रयोग गर्न, सामाजिक दूरी कायम गर्न, समयसमयमा साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्न, चाडपर्व मनाउँदा भीडभाड नगर्न, सकभर घरमै मनाउन, स्वास्थ्यसम्बन्धी मापदण्डको पालना गरेर मात्र आवतजावत गर्न, अनावश्यक रुपमा मानिसहरु घरबाहिर ननिस्कन आग्रह गरिएको छ ।
उद्योग, कलकारखाना, होटल, रेष्टुरेन्ट, सिनेमा हल, व्यायामस्थल लगायतका स्थान सामाजिक दूरी कायम राखी स्वास्थ्य मापदण्डको पालना हुने गरी सञ्चालन गर्न, सार्वजनिक यातायात सञ्चालकले सिट क्षमताभन्दा बढी यात्रु नराख्न, बैठक गोष्ठी भर्चुअल माध्यमबाट गर्न, भौतिक उपस्थितिमा गर्नैपर्ने भएमा स्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना हुने गरी गर्न पनि आदेशमा उल्लेख छ ।
विद्यालयलगायत शैक्षिक संस्थाहरुमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने सम्बन्धमा कोभिड–१९ जोखिमको विश्लेषण गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बनाउने मापदण्डका आधारमा सञ्चालन गर्न आदेश गरिएको छ । रासस
इङ्ल्यान्डमा सोमबार मध्यरातदेखि कोभिड–१९ सँग सम्बन्धित प्रायः सबै प्रतिबन्ध हटाउने निर्णय भएको सरकारले जानकारी गराएको छ। कोभिड–१९ नियन्त्रणका लागि लगाइएका प्रतिबन्ध हटाइएपछि यहाँ अब दूरी कायम गर्न यस पहिला लागू गरिएका सबै कानूनी व्यवस्थाहरू अब हट्नेछन्।सामाजिक दूरी कायम गरी महामारी नियन्त्रणका लागि लगाइएका प्रतिबन्ध हटेपछि यहाँका सार्वजनिक स्थानमा हिँडडुल गर्दा वा काम गर्दा मास्क लगाउन अनिवार्य हुने छैन।लामो समयदेखि पूर्ण सञ्चालनमा नल्याइएका रात्रि क्लबहरूलाई फेरि खोल्न दिइ
सामाजिक दूरी कायम गरी महामारी नियन्त्रणका लागि लगाइएका प्रतिबन्ध हटेपछि यहाँका सार्वजनिक स्थानमा हिडडुल गर्दा वा काम गर्दा मास्क लगाउनु अनिवार्य हुनेछैन।
इङ्ल्यान्डमा सोमबार मध्यरातदेखि कोभिड–१९ सँग सम्बन्धित प्रायः सबै प्रतिबन्ध हटाउने निर्णय भएको सरकारले जानकारी गराएको छ ।
कोभिड–१९ नियन्त्रणका लागि लगाइएका प्रतिबन्ध हटाइएपछि यहाँ अब दूरी कायम गर्न यस पहिला लागू गरिएका सबै कानूनी ब्यवस्थाहरू अब हट्नेछन् ।
सामाजिक दूरी कायम गरी महामारी नियन्त्रणका लागि लगाइएका प्रतिबन्ध हटेपछि यहाँका सार्वजनिक स्थानमा हिँडडुल गर्दा वा काम गर्दा मास्क लगाउनु अनिवार्य हुनेछैन । लामो समयदेखि पूर्ण सञ्चालनमा नल्याइएका रात्रिक्लबहरूलाई फेरि खोल्न दिइनेछ साथै सामुहिक जमघटका लागि पहि...
कोभिड-१९ को समयमा आन्तरिक उडान कसरी गर्न सकिन्छ भनेर पूर्वाभ्यास गरेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक उडान कसरी गर्न सकिन्छ भनेर बुद्ध एयरले उडानको सम्पूर्ण प्रकृया पूरा गरी पूर्वाभ्यासको नमूना प्रर्दशनी गरेको हो ।
बिहीबार यसरी गरिएको पूर्वअभ्यास साँच्चिकै उडान भर्न लागेको जस्तो देखिन्थ्यो । पूर्वाभ्यास उडानमा बुद्ध एयरका कर्मचारी, यात्रु, चालक दलका सदस्य लगायतले आ–आफ्नो भूमिका कुशलतापूर्वक निभाएका थिए । यस क्रममा विमानस्थलको प्रवेशद्वारमा ज्वरो मापन, स्यानिटाइज गर्ने, विमानसम्म पुग्न प्रयोग हुने सवारी साधनमा सामाजिक दूरी कायम गर्ने प्रकृयामा सबैलाई अनिवार्य गरिएको थियो । सबैलाई मास्कको प्रयोग र विमानस्थलमा शौचालय जान र पानी प्रयोग गर्न रोक लगाइएको थियो ।