नेपाली बजारमा चिनीको मूल्य प्रतिकिलो १०५ रुपैयाँ पुगेको छ । नेपाल खुद्रा व्यापार संघका अनुसार आजदेखि चिनीको मूल्य प्रतिकिलो १० रुपैयाँले बढेर १०५ रुपैयाँसम्म पुगेको हो । संघका महासचिव अमुलकाजी तुलाधरले रातोपाटीसँग चिनीको मूल्य प्रतिकिलो १० रुपैयाँ बढेको जानकारी दिए । उनले भने, ‘यसअघि खुद्रा बजारमा प्रतिकिलो ९५ रुपैयाँ थियो । अहिले बढेर १०५ रुपैयाँ पुग्यो ।’उनले भारतले चिनीको निर्यातमा प्रतिबन्ध लगाउँदा नेपाल प्रभावित बनेको बताए । ‘नेपालको उत्पादनले आन्तरिक माग धान्दैन । माग धान