६ महिनाभित्र कर्णालीमा १३२ केभी प्रसारणलाइन पुग्ने

जाजरकोट– सम्झौता मिति सकिन करिब आठ महिना बाँकी रहँदा कर्णालीमा १३२ केभी प्रसारणलाइन तोकिएकै मितिभित्र पूरा हुने भएको छ । मुआब्जादेखि अन्य विवाद सल्टिएपछि कोहलपुर–सुर्खेतमा १३२ केभी प्रसारणलाइन तोकिएकै मितिभित्र पूरा हुने भएको हो । बाँकेको बैजथानस्थित बस्तीमा सामान्य समस्या आए पनि करिबकरिब समस्या समाधानउन्मुख भएपछि काममा तीव्रता आएको नेपाल विद्युत प्राधिकरण कर्णाली प्रदेशले जनाएको […]

सम्बन्धित सामग्री

सोलु करिडोर १३२ केभी प्रसारणलाइन निर्माण सम्पन्न, एक महिनाभित्र सञ्चालनमा आउने

काठमाडौं। सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको निर्माण सम्पन्न भएको छ । प्रसारण लाइनको रुट सार्न

दोर्दी करिडोर विद्युत् प्रसारणलाइन बन्न ६ महिना लाग्ने

पूर्वीलमजुङको दोर्दी करिडोरमा निर्माण सम्पन्न चरणमा पुगेको १३२ केभी राष्ट्रिय विद्युत् प्रसारण लाइनको काम सम्पन्न हुन अझै कम्तीमा ६ महिना लाग्ने भएको छ । गत असारमा दोर्दी खोलामा आएको बाढीले प्रसारण लाइनमा ठूलो क्षति पु¥याएसँगै आयोजना फेरि पनि अनिश्चित बनेको हो ।यसअघि यहि चैत महिनाभित्र सक्नेगरी निर्माण कार्य सुरु भएको सो आयोजना एक दिनको काम […]

सिंगटी–लामोसाँघु प्रसारण लाईन एक महीना भित्र चार्ज हुने

वैशाख १४, दोलखा । सिंगटी–लामोसाँघु प्रसारण लाईन एक महिनाभित्र चार्ज हुने अवस्थामा पुगेको छ । एक दशकभन्दा बढी समयदेखि निर्माणाधीन १३२ केभी प्रसारण लाईनको कामले गति लिएपछि एक महीनाको अवधिमा चार्ज हुने अवस्थामा पुगेको हो । प्रसारण लाईन चार्ज हुने अवसथामा पुग्न प्राविधिक रुपमा एक महीनाको काम बाँकी रहेको सिंगटी–लामोसाँघु प्रसारण लाईन आयोजनाका प्रमुख राजन ढुंगेलले बताए । अब सिन्धुपाल्चोकमा एउटा टावरमात्र निर्माणाधीन अवस्थामा रहेको उनको भनाइ छ । ४० किलोमिटर लामो प्रसारण लाइनको २० किलोमिटर जति डबल सर्किट लाइनसमेत तानिसकेको उनले बताए । केही ठाउँमा अधिग्रहणमा जग्गा मूल्यांकनको विवाद भए तापनि पछिल्लो समय तारमुनि पर्ने जग्गा मूल्यांकनमा परेको छ । मन्त्रिपरिषद्बाट सम्पर्क अधिकारी तोक्न ढिलाइ हुँदा जग्गाको मूल्यांकनमा ढिलाइ भएको उनले बताए । अब सम्पर्क अधिकारीसमेत तोकेकाले काममा ढिलाइ नहुने उनको अनुमान छ । ४० किलोमिटर प्रसारण लाइनमा पर्ने १२४ टावर छन् । एक महीना भित्रमा सिंगल सर्किट तानी सकिने तथा उत्पादित विद्युत् सो तारबाट  प्रसारण गर्न सकिने आयोजना प्रमुखको भनाइ छ । लामोसाँघु तथा सिंगटीमा रहेको सबस्टेशनको निर्माण कार्य अन्तर्गत उपकरण जडाको चरणमा रहेको छ । विद्युत् परीक्षण उत्पादन सकेको २५ मेगावाटको सिंगटीखोला तथा १० मेगावाटको सिप्रिङ खोला जलविद्युत् आयोजनाको विद्युत् अहिले खेर गइरहेको छ । दोलखाको उत्तरी क्षेत्रमा निर्माण सम्पन्न हुने चरणमा रहेको आधा दर्जनभन्दा बढी जलविद्युत् आयोजनाहरु यही प्रसारण लाईन कुरेर बसेका छन् । विद्युत् प्राधिकरणले भारतीय ठेकेदार कम्पनी अरावली इन्फ्रा पावरसँग सन् २०१० अक्टोबरमा ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार २ वर्षभित्र प्रसारणलाइन र सिंगटीको सवस्टेसनसमेत निर्माण गर्ने रहेको थियो । तर १० वर्ष वितिसक्दा समेत प्रसारण लाइन निर्माण सम्पन्न हुन सकेको छैन । सम्झौताअनुसार सबस्टेसनका लागि साढे १७ करोड र प्रसारण लाइनका लागि करीब ४२ करोड रुपैयाँमा अरावलीले ठेक्का लिएको हो । ठेकेदार कम्पनी पहिलो पटक म्याद थप भएपछि सम्पर्कविहीन भयो । अहिले ४० मेगावाटको माथिल्लो खानीखोला जलविद्युत् आयोजनाको प्रवर्द्धक ग्रिनलाइफ हाइड्रोपावर कम्पनीले अरावली इन्फ्राको नेपाली प्रतिनिधि बनेर काम गरिरहेको छ ।