कैलाली–सुर्खेत ३३ केभी प्रसारणलाइन विस्तार हुँदै

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारणलाइन निर्माणमा ढिलाइ हुने भएपछि नेपाल विद्युत प्राधिकरणले वैकल्पिक प्रसारणलाइन विस्तारको योजना अघि बढाएको छ । प्राधिकरणको कर्णाली प्रादेशिक कार्यालयका अनुसार कैलालीको चिसापानीबाट ३३ केभी क्षमताको प्रसारणलाइन विस्तार गरी वीरेन्द्रनगरमा जडान हुने भएको हो । कम क्षमताको प्रसारणलाइनका कारण कर्णालीमा पटक–पटक विद्युत अवरुद्ध हुने समस्याका कारण उपभोक्ता मर्कामा छन् । प्राधिकरणका प्रादेशिक कार्यालय प्रमुख शम्भु यादवले कोहलपुर–सुर्खेत प्रसारणलाइन अन्त

सम्बन्धित सामग्री

एक वर्षभित्र कर्णालीमा १३२ केभी प्रसारणलाइन विस्तार हुन्छ : कुलमान घिसिङ

नेपाल विद्युत् प्राधिकरणका निर्देशक कुलमान घिसिङले अबको एक वर्षभित्रै १३२ केभी प्रशारण लाइन विस्तार गरिसक्ने बताएका छन् । शनिबार कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीसँगको भेटमा कोहलपुर–सुर्खेतको जोड्ने उक्त विद्युत् प्रसारणलाइन विस्तारमा देखिएका समस्या र समाधानका विषयमा आफू जानकार रहेको बताएका हुन् । उनले भने,‘ कर्णालीका साबिकका पाँच जिल्लामा दुई–दुई मेगावाटका सोलार प्लान्ट स्थापना गर्ने प्रक्रियाको पनि थालनी भएको छ।’  उनले कैलालीको सोल्टा र दाङ हुँदै सल्यानबा