कोहलपुर–सुर्खेत प्रसारणलाइन निर्माणको काम अघि बढ्यो
लामो प्रतिक्षापछि कोहलपुर–सुर्खेत १३२ केभी प्रसारणलाइन निर्माणको बाटो खुलेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले आयोजनाका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेसँगै निर्माण कार्यले गति लिने भएको हो ।