केयूमा स्वास्थ्य सूचना प्रविधि अध्यापन हुने

काभ्रे : काठमाडौं विश्वविद्यालय (केयू)ले नेपालमै पहिलोपटक स्वास्थ्य सूचना प्रविधि (हेल्थ इन्फरम्याटिक्स) विषय अध्यापन गर्ने भएको छ।काभ्रेको धुलिखेलस्थित चौकोटमा रहेको केयूले आगामी शैक्षिक सत्रदेखि स्नातकोत्तर तहमा स्वास्थ्य सूचना प्रविधि विषयमा अध्यापन सुरु गर्न लागेको हो। केयूले युरोपियन युनियनको इरास्मस प्लस कार्यक्रमअन्तर्गत नेप्लिज एजुकेशन इन इ–हेल्थ मास्टर (एनइइएम) परियोजनामार्फत ओस्लो युनिभर्सिटी, नर्वेसँग सहकार्य गर्नेगरी यो कार्यक्रम तय गरेको बताएको छ। यही 

सम्बन्धित सामग्री

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ । बुधबार बस्ने समितिको बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिको निर्वाचन हुनेछ ।

‘सूचना प्रविधि क्षेत्रमा सामान्य सुधारले पुग्दैन’

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालमा सूचना प्रविधि क्षेत्रको विकासमा सामान्य सुधारले नपुग्ने बताएकी छन् । त्यसका लागि आफूहरू निरन्तर लागिरहेकाले क्रमश: नतीजा पनि आउन थालेको उनको भनाइ छ । प्रविधि पत्रकार मञ्चको कार्यसमितिसँग मन्त्रालयमा मंगलवार भएको छलफलमा उनले सूचना प्रविधिको क्षेत्रमा अल्पकालीन सुधारभन्दा पनि नीतिगत, कानूनी र संरचनागत सुधारका लागि गृहकार्य गरिरहेको बताइन् । ‘एकातिर सूचना प्रविधि आज हरेक मानिसको जीवनशैली बन्दैछ भने अर्कोतिर नेपालमै बसेर नेपालीले संसारसँग प्रतिस्पर्धा गर्ने आधार बन्दै छ,’ मन्त्री शर्माले भनिन्, ‘यो अवसरलाई बढीभन्दा बढी उपयोग गर्न नीतिगत र संरचनागत रूपमै परिवर्तन आवश्यक देखिएको छ ।’ सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिको क्षेत्रमा अल्पकालीन सुधारभन्दा पनि नीतिगत, कानूनी र संरचनागत सुधारका लागि गृहकार्य गरिरहेको बताइन् । नेपालमा पहिलोपटक गत साउन २३ गते राष्ट्रिय साइबर सुरक्षा नीति २०८० जारी गरिएको उल्लेख गर्दै मन्त्री शर्माले यसैको आधारमा अहिले कानूनको मस्यौदा तयार भइरहेको जानकारी दिइन् । डिजिटल नेपाल फ्रेमवर्क बनेको चार वर्षसम्म पनि कार्यान्वयनमा गति नदेखिएकाले त्यसको एउटा अंग डिजिटल नेपाल एक्सेलेरेसन (डिएनए) प्रोजेक्टको पुन:संरचना अन्तिम चरणमा पुर्‍याइएको उनले बताइन् । डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनका लागि सञ्चार मन्त्रालयले डिजिटल पूर्वाधार निर्माण गर्न सक्ने भए पनि बाँकी शिक्षा, स्वास्थ्य, पर्यटक, कृषि, वित्त, शहरी विकासलगायत क्षेत्रसँग पनि जोडिएकाले सबै पक्षसँग समन्वय आवश्यक रहेको उनले बताइन् । सरकारले सूचना प्रविधिलाई राष्ट्रिय प्राथमिकता र आधारभूत आवश्यकताको रूपमा ग्रहण गरे पनि सबै सरकारी निकायको बुझाइमा एकरूपता नहुँदा समस्या हुने गरको उनको भनाइ छ । कार्यक्रममा प्रविधि पत्रकार मञ्चका अध्यक्ष उमेश पौडेललगायत पदाधिकारी र सदस्यहरूले सूचना प्रविधिको विकासमा मन्त्री शर्माले अघि सारेको मार्गचित्रबाट सूचना प्रविधि क्षेत्रले धेरै सम्भावना देखेको बताए । सरकार वा मन्त्री फेरिए हराउने कार्यक्रमभन्दा नेतृत्वमा जो आए पनि कार्यान्वयन गर्न बाध्य बनाउने नीति, कानून र संरचना निर्माणमा जोड दिन उनीहरूले सुझाव दिएका थिए ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रस्तावित कार्यविधिमाथि छलफल

काठमाडौं, १६ जेठ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले समितिको प्रस्तावित कार्यविधिमाथि छलफल गरेको छ। आज सिंहदरबारमा बसेको समितिको बैठकले प्रस्तावित कार्यविधिमाथि छलफल गर्दै आगामी बैठकमा पेस गर्ने निर्णय गरेको समितिका उपसचिव पुष्पप्रकाश खनालले जानकारी दिए। ‘प्रस्तावित कार्यविधिमाथि संशोधन गर्नुपर्ने देखियो। प्रत्येक दलबाट एक–एक जना समिति सदस्य मिलेर कार्यविधिलाई टुङ्ग्याउनुहुन्छ’, उनले भने, ‘अर्को […]

संसदको स्वास्थ्य समितिको पहिलो बैठक बस्यो, कार्यक्षेत्रबारे जानकारी

प्रतिनिधिसभाअन्तर्गतको आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको पहिलो बैठक बसेको छ।सिंहदरबास्थित समितिको सभाहलमा भएको बैठकको सभापतित्व ज्येष्ठ सदस्य कालुराम राईले गरे।

नेपालमै पहिलोपटक स्वास्थ्य सूचना प्रविधि अध्यापन गर्दै केयू

काभ्रेको धुलिखेलमा अवस्थित काठमाडौं विश्वविद्यालय (केयु)ले नेपालमै पहिलोपटक स्वास्थ्य सूचना प्रविधि विषय अध्यापन गर्ने भएको छ। आगामी शैक्षिकसत्रदेखि स्नातकोत्तर तहमा हेल्थ इन्फरम्याटिक्स विषयमा अध्यापन सुरु गर्ने भएको हो। हेल्थ इन्फरम्याटिक्स...

कोभिड संक्रमितलाई अब 'डोर टु डोर' स्वास्थ्य सेवा दिइन्छ : मन्त्री गुरुङ

काठमाडाैं : सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले केही दिनभित्रै कोभिड संक्रमितका लागि सरकारले 'डोर टु डोर' स्वास्थ्य सेवा सञ्चालन गर्ने बताएका छन्। छैटौं पत्रकारिता दिवस २०७८ को अवसरमा शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित कार्यक्रममा सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले आफन्त नभएका र सबै परिवार कोभिडबाट संक्रमित भएका परिवारलाई स्वास्थ्य सेवा दिने गरी स्वास्थ्य सेवा सञ्चालन गरिने बताए।कसैलाई पनि कुनै पनि खाद्यपदार्थ अभाव हुन नदिने गरी स्वास्थ्य