वाग्मती प्रदेशबाट लाइसेन्स (सवारी चालक अनुमतिपत्र) लिन चाहने परीक्षार्थीले प्रयोगात्मक परीक्षमा ७० अंक प्राप्त गरे पनि उत्तीर्ण हुने भएको छ । प्रयोगात्मक परीक्षामा सामान्य गल्ती भएमा अनुत्तीर्ण हुने अहिलेको प्रणालीमा सुधार ल्याउन कार्यविधि लागू जानकारीसहित परिपत्र वाग्मती प्रदेशको सबै यातायात कार्यालयमा गरिएको छ ।