खुल्यो ड्राइभिङ लाइसेन्सको आवेदन, ७० अंक ल्याए लाइसेन्स पाइने

कोरोना महामारीका कारण बन्द रहेको नयाँ सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को आवेदन खुलेको छ । बन्द रहेको ६ महिनापछि यातायात व्ववस्था विभागले सवारी चालक अनुमति पत्रको आवेदन सोमवार रातिबाट खुलेको विभागले जनाएको छ । विभागका प्रवक्ता डा. लोकनाथ भुसालका अनुसार अब नियमित रुपमा फारम भर्न सकिने छ । अब दैनिक रुपमा कार्यालयको कोटा निर्धारण गरेर दैनिक रुपमै आवेदन लिन थालिएको प्रवक्ता भुसालले जनाए। जसअनुसार कार्यालयहरुले आफ्नो क्षमताअनुसार कोटा तोकेर आवेदन खुलाएका छन् । यस्तो छ नयाँ व्यवस्था नयाँ आवेदन ...