लाइसेन्स ट्रायलमा ७० अंक लागु गर्न आनाकानी

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत जेठ १ गतेदेखि लागु हुने गरी सवारीचालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ जारी गरेको थियो।सो निर्देशिका अनुसार सवारीचालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा ७० प्रतिशत अंक भार ल्याएको खण्डमा ट्रायल पास हुने व्यवस्था छ। तर, प्रदेश सरकार मातहतका यातायात व्यवस्था कार्यालयले भने ७० अंक ल्याए पास हुने ट्रायल लागु गर्न आनाकानी गरिरहेका छन्।कार्यालयले भने निर्देशिका जारी भएको ८ महिना बितिसक्दासमेत नयाँ निर्देशिका लागु गर्ने छाँटकाँट देखाएका छैन

सम्बन्धित सामग्री

अब बागमतीको लाइसेन्स परीक्षामा ७० अंक ल्याए पास

भक्तपुर । बागमती प्रदेश सरकारले मंगलवारदेखि  सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिन ७० अंक ल्याए ट्रायल परीक्षा उत्तीर्ण हुने व्यवस्था लागू गरेको छ । यो व्यवस्थाको मंगलवार बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भक्तपुरको    मध्यपुरथिमि राधेराधेस्थित इजी वे ट्रायल सेन्टरमा शुभारम्भ गरे । उनले नयाँ व्यवस्था सहज कार्यान्वयनका लागि सबैलाई सहयोग गरिदिन आग्रह गरे । लागू भएको नयाँ निर्देशिका र प्रणालीमा केही असन्तुष्टि रहेमा वा प्रणालीमा समस्या देखिएमा त्यसलाई सच्याएर जान सकिने पनि उनले बताए । कर्मचारीलाई उनले सहज र निष्पक्षरूपमा सेवाग्राहीलाई सेवा दिन र गुनासो सुन्नुपर्ने अवस्था आउन नदिन निर्देशन दिए । कार्यक्रममा बागमती प्रदेशका मुख्यसचिव मुकुन्दप्रसाद निरौलाले फागुन १ गतेदेखि नै ७० अंक ल्याए लाइसेन्सको प्रयोगात्मक परीक्षा (ट्रायल) पास हुने प्रणाली लागू गर्ने भनिए पनि उक्त दिन सार्वजनिक बिदा परेकाले मंगलवारबाट लागू गरिएको बताए । यो प्रणालीले लाइसेन्स लिन सेवाग्राहीलाई सहज हुने उनले बताए । कार्यक्रममा यातायात व्यवस्था कार्यालय भक्तपुरका प्रमुख शिवकुमार निरौलाले नयाँ प्रणालीलाई प्रदेश सरकारको निर्देशन र निर्देशिकाअनुसार सहजरूपमा कार्यान्वयन गरिने बताए । यसअघिको सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयले यो व्यवस्था लागू गर्न खोजे पनि तत्कालीन मुख्यमन्त्री राजेन्द्र पाण्डेले हस्तक्षेप गरी लागू नगर्न परिपत्र गरेपछि तीनपटकसम्म यो व्यवस्था लागू गर्न रोकिएको यातायात व्यवस्था विभागका कर्मचारीले बताएका छन् । गत पुस २० गतेबाट लागू हुने तयारीमा रहेको ७० अंक ल्याए ट्रायल पास हुने प्रणाली कार्यान्वयन नगर्न मुख्यमन्त्री कार्यालयले यातायात मन्त्रालयलाई पत्राचार गरेर रोक लगाएको ती कर्मचारीले बताए । यसअघि असोज २ गते र मङ्सिर १८ गतेदेखि उक्त प्रणाली लागू गर्ने भनिए पनि मुख्यमन्त्री पाण्डेकै निर्देशनमा रोकिएको थियो । दुई तथा चारपांग्रे सवारीसाधनको प्रयोगात्मक परीक्षामा ससानो त्रुटिमा पनि फेल भनेर फर्काउने गर्दा सडकमा वर्षौंदेखि विनालाइसेन्स सवारी चलाउँदै आएका पनि पटकपटक फेल हुने गरेको गुनासो बढेको थियो । यसरी ससाना त्रुटिमा पनि फेल भनेर फर्काउँदा अवैधानिक रूपमा लाइसेन्स निकाल्ने, नक्कली परीक्षार्थी परीक्षामा आउने र विभिन्न प्रलोभनमा बिचौलिया सक्रिय भएको गुनासो बढिरहेको थियो । सेवाग्राहीलाई प्रयोगात्मक परीक्षामा फेल गराएर गलत प्रक्रियाबाट पास गराउन बिचौलिया हावी भएर आर्थिक कारोबार हुने गरेको आरोप लाग्दै आएको थियो । नयाँ प्रणालीमा मोटरसाइकल, स्कूटर तथा मोपेडका लागि कुल अंकभार १०० तोकिएको छ भने त्यसमा ७० अंक प्राप्त गर्ने प्रशिक्षार्थीले प्रयोगात्मक परीक्षा उत्तीर्ण भएको मानिने र अनुमतिपत्रका लागि योग्य हुने व्यवस्था गरिएको छ । प्रदेश सरकारले तयार पारेर कार्यान्वयनमा ल्याएको निर्देशिकाअनुसार मोटरसाइकल, स्कुटर, मोपेड, कार, जिप, डेलिभरी भ्यानको प्रयोगात्मक परीक्षामा अंग्रेजी अंक आठ (एट) को अंकभार २० तोकिए पनि दुईपटकसम्म उक्त अंकित रेखा छोएमा प्रत्येकपटक पाँच अंकको दरले १० अंकभार घट्नेछ तर ट्रायल भने उत्तीर्ण हुन्छ । निर्देशिकाअनुसार प्रयोगात्मक परीक्षामा यू–टर्नको अंकभार १० तोकिएको छ । ‘टर्निङ लाइट’ नबालेको खण्डमा १० अंक घटाइनेछ भने त्यस्तो अवस्थामा अंकित रेखा छोए अनुत्तीर्ण हुने व्यवस्था छ । ट्राफिक संकेतका लागि १५ अंकभार तोकिएकोमा ट्राफिक संकेत पालना नगरेको खण्डमा १५ अंक घट्छ । निर्देशिकामा उबडखाबडको अंकभार १५ तोकिएको छ । एकपटकसम्म सवारीको स्टार्ट बन्द भएको खण्डमा पाँच अंकभार घट्छ । एकपटकभन्दा बढी स्टार्ट बन्द भयो भने प्रयोगात्मक परीक्षा दिने अनुत्तीर्ण हुन्छन् । प्रयोगात्मक परीक्षाको क्रममा दुईपटकभन्दा बढी अंकित रेखा छोए, सवारीको टायर अंकित रेखाभन्दा बाहिर गए, ठीक दिशाबाट वा ठीक तरिकाबाट आठ आकार नघुमाएमा, एकपटकभन्दा बढी खुट्टाले भुइँ टेकेको अवस्थामा भने अनुत्तीर्ण भइन्छ । त्यसैगरी उकालोको अंकभार २०, परीक्षार्थीको व्यवहारगत पक्षको मूल्यांकनलाई १० अंकभार तोकिएको छ । निर्देशिकाअनुसार कार, जिप, डेलिभरी भ्यानको प्रयोगात्मक परीक्षामा घुमाउरो एटको अंकभार २० तोकिएको छ । नयाँ प्रणालीले ट्रायलमा अहिलेको भन्दा ३० देखि ४० प्रतिशत बढी प्रशिक्षार्थी उत्तीर्ण हुने अनुमान गरिएको छ । यसअघि लिखित परीक्षामा २० प्रश्न सोध्ने गरेकोमा नयाँ प्रणाली लागू भएपछि सवारीचालक अनुमतिपत्रको लिखित परीक्षामा २५ ओटा प्रश्न सोधिने भएको छ । लिखित परीक्षामा ५० अंक ल्याउने उत्तीर्ण हुने प्रावधान रहेकोमा नयाँ प्रणाली लागू भएपछि ६० अंक ल्याउनुपर्ने व्यवस्था गरिएको छ । रासस

सवारी चालक अनुमतिपत्रमा ७० अंक प्रणाली लागू हुँदै

मकवानपुर । बागमती प्रदेशमा फागुन १ गतेदेखि ७० अंक ल्याए सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को ‘ट्रायल पास’ हुने प्रणाली लागू हुने भएको छ । यसअघि पटक–पटक रोकिँदै आएको ७० अंक ल्याए सवारी चालक अनुमतिपत्र लाइसेन्सको ट्रायल पास हुने प्रणाली फागुन १ गतेदेखि लागू हुने भएको हो । श्रम, रोजगार तथा यातायातमन्त्री एकालाल श्रेष्ठले फागुन १ […] The post सवारी चालक अनुमतिपत्रमा ७० अंक प्रणाली लागू हुँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

७० अंक ल्याए पास हुने प्रणाली मान्छे मार्ने लाइसेन्स होः राजेन्द्र पाण्डे

बागमती प्रदेश सरकारका कामचलाउ मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले ७० अंक ल्याए सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल पास हुने प्रणाली आफूले कार्यान्वयन गर्न नदिएको बताएका छन् ।

७० अंक ल्याए लाइसेन्स पास हुने प्रणाली पटक पटक किन रोकिन्छ ?

हेटौंडा : बागमती प्रदेशमा ७० अंक ल्याए सवारीचालक अनुमतिपत्रको (लाइसेन्स) ट्रायल पास हुने प्रणाली कार्यान्वयन तेस्रोपटक रोकिएको छ। मुख्यमन्त्री कार्यालयको प्रत्यक्ष हस्तक्षेपका कारण ७० अंक ल्याए लाइसेन्सको ट्रायल पास हुने प्रणाली कार्यान्वयन बागमतीमा तेस्रोपटक रोकिएको हो। प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको कारण यसअघि दुईपटक यो प्रणाली लागू हुँदाहुँदै रोकिएको थियो।मुख्यमन्त्री पाण्डेको हस्तक्षेपका कारण दुईपटक रोकिएको यो प्रणाली बुधवारबाट लागू गर्ने तयारी गरिएको थियो। फेरि एकपटक मु

बागमती प्रदेशमा अब ७० अंक ल्याए ‘ट्रायल पास’

हेटौंडा : बागमती प्रदेशमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षामा नयाँ मापदण्ड लागू भएको छ। सवारी चालक अनुमति पत्र (लाइसेन्स) को ट्रायल परीक्षामा ७० अंक ल्याए पास हुने भएको छ। लाइसेन्स (सवारी चालक अनुमतिपत्र) लिन चाहने परीक्षार्थीले प्रयोगात्मक परीक्षमा ७० अंक प्राप्त गरे पनि उत्तीर्ण हुने भएको हो। प्रयोगात्मक परीक्षामा सामान्य गल्ती भएमा अनुत्तीर्ण हुने अहिलेको प्रणालीमा सुधार ल्याउन बागमती प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षामा नयाँ मापदण्ड लागू गरेको छ। प्रदेश

बाग्मतीमा पनि अब अंकभारमा आधारित लाइसेन्स परीक्षा

१५ मंसिर, काठमाडौं । अब बागमती प्रदेशमा पनि सवारी चालक अनुमति पत्र (लाइसेन्स)का लागि नयाँ प्रणाली लागु हुने भएको छ । अन्य प्रदेशमा जस्तै बाग्मतीमा पनि ७० अंक आए पास हुने व्यवस्था लागु हुन लागेको हो । बागमती प्रदेश सरकार श्रम, रोजगार तथा यातायात मन्त्रालयले प्रदेशका सबै यातायात व्यवस्था कार्यालयहरुलाई नयाँ प्रणाली लागू गर्न परिपत्र […]

लाइसेन्स परीक्षाको नयाँ मापदण्ड : असोज १ गतेदेखि लागु हुने, ७० अंक ल्याए पास

काठमाडौँ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षाको नयाँ मापदण्ड असोज १ गतेदेखि लागु हुने भएको छ । वाग्मती प्रदेश सरकारले प्रदेशभित्रका चारवटा यातायात कार्यालयमा नयाँ मापदण्ड लागु गर्न लागेको हो ।  मापदण्डअनुसार सवारी चालकहरूले प्रयोगात्मक (ट्रायल) परीक्षामा ७० अंक ल्याए पास हुनेछन् । यसअघि ट्रायल परीक्षामा १०० अंक ल्याउनै पर्ने प्रावधान थियो ।  वाग्मती प्रदेश […]

असोजदेखि ७० अंक आए ट्रायल पास, कसरी दिइन्छ अंक ?

आगामी असोजदेखि सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षामा ७० अंक आए पास हुने भएको छ ।

लाइसेन्स ट्रायलमा ७० अंक लागु गर्न आनाकानी

काठमाडौं, पुस २३ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत जेठ १ गतेदेखि लागु हुने गरी सवारीचालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ जारी गरेको थियो। सो निर्देशिका अनुसार सवारीचालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा ७० प्रतिशत अंक भार ल्याएको खण्डमा ट्रायल पास हुने व्यवस्था छ। तर, प्रदेश सरकार मातहतका यातायात व्यवस्था कार्यालयले भने ७० अंक ल्याए […]

लाइसेन्स ट्रायलमा कहिले लागू हुन्छ ७० अंकमा पास हुने व्यवस्था?

निर्देशिकामा भएको व्यवस्थाअनुसार परीक्षार्थीले ट्रायलमा ७० अंक ल्याए लाइसेन्स प्राप्त गर्न सक्छन्।