जबर्जस्ती करणी मुद्दामा पक्राउ परेका एक अभियुक्त हिरासतबाटै भागेपछि फेरि पक्राउ परेका छन् । बर्दिया प्रहरीले पक्राउ गरी अनुसन्धानको क्रममा हिरासतमा राखिएका बाँके खजुरा गाउँपालिका ८ बस्ने २६ वर्षीय अब्दुल खाँ खाना खाने समयमा सेन्ट्री बसेका प्रहरीलाई झुक्याएर भागेका थिए ।