सिमकोट (हुम्ला) । हुम्लाका विभिन्न गाउँ बस्तीमा भुवो पर्व मनाइएको छ । बुधबार राति सल्लाको दियालोको राँको बनाएर परम्परागत ‘भुवो पर्व’ जिल्लाको सिमकोट, सर्केगाड, खार्पुनाथ, अदानचुली, ताँजकोट गाउँपालिकामा मनाइएको हो । जिल्लाका अधिकांश गाउँपालिकामा आआफ्नो गाउँ टोलबाट सुरु भई विभिन्न बस्तीमा सल्लाको दियालो सल्काएर गाउँको पाइकपर्ने स्थान (भुवाखाडो)मा जम्मा भई भुवो नाच, फाक, चाँची, गीत […]