थारु समुदायमा मनाइयो परम्परागत हरेरी पूजा

काठमाण्डाै - पश्चिम तराईका थारु समुदायले धान उत्पादनमा वृद्धि हुने विश्वासका साथ हरेरी पूजा मनाएका छन् । पुरानै परम्परागत हरेरी पूजा गर्दै अएका थारु समुदायले यस वर्ष पनि धान उत्पादनमा वृद्धि हुने विश्वासका साथ हरेरी पूजा मनाएका हुन् । धानमा किरा लाग्नबाट बचाउन र धान उत्पादनमा वृद्धि हुने विश्वासले हरेरी पूजा गर्ने  गर्छन् ।  धान रोपाइँ  सकेको केही दिनपछि पश्चिम तराईका थारु समुदायमा गाउँभरका मानिसहरुले रकम सङ्कलन गर्छन् । सङ्कलन भएको रकमले पूजा सामग्री  किन्ने र देवी देवतालाई चढाउनका लागि मिठाई...