थाइल्यान्डका धनाढ्य राजाकाे सम्पत्ति ५० खर्ब

चारवटी विवाह गरेका राजा रामासँग ३८ जेट विमान, सयौँ विलासी कार, १६ हजार एकड जमिन र डेढ अर्बको हिरा छ थाइल्यान्डका राजा रामा–एक्स विश्वका धनाढ्य राजामध्ये एक हुन् । किङ महा भजिरालोङकोर्नको...

सम्बन्धित सामग्री

हिन्डेनबर्ग रिपोर्ट : विश्वका धनाढ्यहरूको सूचीमा २४ स्थान झरे गौतम अदानी

काठमाडौैं । अमेरिकी अनुसन्धान संस्था हिन्डेनबर्ग रिसर्चले भारतीय अर्बपति व्यापारी गौतम अदानीको कम्पनी अदानी समूहसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्नुभन्दा तीन दिनअघि अदानीको नेटवर्थ १ खर्ब २१ अर्ब डलर थियो । यो सम्पत्तिसहित उनी भारतका सबैभन्दा धनी व्यक्ति थिए । एशियाका सबैभन्दा धनी व्यक्ति पनि उनै थिए । अनि विश्वको धनाढ्यहरूको सूचीमा तेस्रो स्थानमा थिए उनी । जनवरी २४ मा प्रतिवेदन सार्वजनिक भएको दिनमा अदानीको नेटवर्थ १ खर्ब १९ अर्ब डलर थियो । उनी अमेरिकी आर्थिक पत्रिका ब्लुम्बर्गको अर्बपतिहरूको सूचीमा उनी चौथो स्थानमा ओर्लिए । अर्को दिन उनको सम्पत्ति ५ प्रतिशतले घट्यो अनि जनवरी २७ मा १८ प्रतिशतले । समूहले जनवरी २९ मा हिन्डेनबर्गको प्रतिवेदनको खन्डन गर्दै ४०० पृष्ठभन्दा बढीको प्रतिवेदन नै सार्वजनिक गर्यो । सोही दिन उनको सम्पत्तिमा ९ प्रतिशतको पहिरो गयो । उनी अर्बपतिको सूचीमा सातौं स्थानमा रहे । जनवरी ३१ मा उनको नाम शीर्ष १० बाट बाहिर झर्यो । यो महीनाको शुरुमा अदानी ग्रुपले एफपीओ नै फिर्ता गर्नुपर्यो । त्यसपछिको २ दिनमा अदानी अर्बपतिहरूको सूचीमा शीर्ष १० बाट २१ औं स्थानमा झरे । फेब्रुअरी १४ मा उनी २५ औं स्थानमा झरे । फेब्रुअरी १९ मा २ औं स्थानमा ओर्लिएका उनी आज २७ औं स्थानमा छन् । ब्लुम्बर्गको रियल टाइम इन्डेक्सअनुसार आज अदानीको कूल नेटवर्थ झन्डै ३ अर्ब डलर घटेर ४६ अर्ब १० करोड डलरमा समेटिएको छ । अदानीको सम्पत्तिमा आएको कमी आएसँगै भारतका अर्का धनाढ्य मुकेश अम्बानीले उनलाई उछिनेका छन् । सन् २०१२ देखि सन् २०२१ सम्म भारतीय धनाढ्यहरूको सूचीमा शीर्ष स्थानमा रहेका अम्बानीलाई अदानीले सन् २०२२ मा उछिनेका थिए ।  तर, हिन्डेन्डनबर्गको प्रतिवेदन सार्वजनिक भएदेखि जनवरी ३१ को बीचमा दुई जनाको सम्पत्तिको अन्तर साँघुरो भयो । फेब्रुअरी १ मा अम्बानी अदानीलाई उछिन्दै भारतकै सर्वाधिक धनाढ्य बने । फेब्रुअरी २२ मा अदानी ब्लुम्बर्गको विश्वव्यापी धनाढ्यको सूचीमा ८३ अर्ब ४० करोड डलरसहित १० औं स्थानमा छन् । अर्थात् अम्बानीसँग अदानीको भन्दा ३७ अर्ब १० करोड डलर धेरै सम्पत्ति छ । हिन्डेनबर्गको प्रतिवेदनको असरका कारण अदानी समूहका सूचिकृत कम्पनीका शेयर मूल्यमा पहिरो गएको छ । कुनै कम्पनीको कमी त ७७ दशमलव ५ प्रतिशसम्म पुगेको छ । समूहभित्र शेयरमा चलखेल, शेयरको अत्यधिक मूल्यांकन र वित्तीय अनियमितताको आरोपका कारण लगानीकर्ताहरू त्रस्त बनेका छन् । आफूसँग भएको शेयर धमाधम बेच्ने प्रवृत्ति बढ्दा शेयर मूल्य प्रभावित भइरहेका छन् । यस अवधिमा अर्बौं डलर गुमाएर पनि अदानी भारतका दोस्रो सर्वाधिक धनी नै छन् ।  भारतको सर्वाधिक धनाढ्यको तेस्रो स्थानमा शिव नदार छन् । उनको सम्पत्ति २६ अर्ब २० करोड डलर छ । विश्वव्यापी सूचीमा उनी ५० औं स्थानमा छन् । अदानी र नदारको सम्पत्तिबीच अन्तर १९ अर्ब ९० करोड डलर छ । अदानीको सम्पत्ति उनको कम्पनीको शेयरमा भएको वृद्धिकै कारण बेलुनझैं फुल्दै गएको थियो । आजको कारोबारमा पनि अदानी समूहको सबै कम्पनीको शेयर राताम्मे छन् । शुरुआती कारोबारदेखि नै अदानी इन्टरप्राइजेज, अदानी ग्रिन, अदानी ट्रान्समिशन, अदानी ग्यास, अदानी विल्मर, अदानी पोर्ट सबैमा दबाब देखिएको छ । अम्बुजा सिमेन्ट र एनडीटीवीका शेयर पनि रातोमै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले पेरिस जलवायु सम्झौताअन्तर्गत कार्बन क्रेडिट बेच्ने समयमा विचार गर्नु पर्ने गतिविधिको सूची सार्वजनिक गरेपछि ईकेआई एनर्जीको शेयर मूल्यमा भने उल्लेख्य सुधार देखिएको छ । एजेन्सीहरू

सामाजिक सञ्जाल नचलाएर संसार जितेका धनाढ्य

काठमाडौँ – टेस्ला कम्पनीका मालिक एलन मस्कलाई पछि पार्दै फ्रान्सको विलासी पहिरन कम्पनी लुई भुइतोँका मालिक बर्ना अर्नोउ संसारकै सबैभन्दा धनाढ्य बनेका छन् । ब्लुम्बर्गको धनाढ्यहरुको सूचीअनुसार अर्नोउको कूल सम्पत्ति १ खर्ब ६५ अर्ब अमेरिकी डलर रहेको छ भने मस्कको सम्पत्ति १ खर्ब ६१ अर्ब छ । तेस्रो स्थानका भारतीय धनाढ्य गौतम अडानीको सम्पत्ति १ […]

भारतका गौतम अडानी बने विश्वकै तेस्रो धनी

काठमाडौंः भारतीय धनाढ्य गौतम अडानी विश्वको तेस्रो धनी व्यक्ति बनेका छन्। पहिलोपटक कुनै एसियाली व्यक्ति ब्लूमबर्ग बिलिनियर्स इन्डेक्सको शीर्ष तीनमा परेको यो नै पहिलोपटक हो। भारतीय मुकेश अम्बानी र चिनियाँ ज्याक मा पनि यो स्थानमा पुग्न सकेका छैनन्। एक खर्ब ३४ अर्ब अमेरिकी डलर सम्पत्ति रहेको अडानीले फ्रान्सका बर्नार्ड अर्नल्टलाई उछिन्दै…

एलन मस्कको सम्पत्ति वारेन बफेटको दोब्बरभन्दा धेरै, बने संसारकै नम्बर १ धनाढ्य

वाशिङटन डीसी (अमेरिका) । अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्ला इंक र अन्तरिक्ष अन्वेषण कम्पनी स्पेस एक्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कको नेटवर्थ ३ खर्ब डलरमा पुगेको छ । फोब्र्सको मंगलबारको अर्बपतिहरुको रियल टाइम वरियताले यस्तो देखाएको हो ।  मस्कसँग भएको उक्त नेटवर्थ सूचीमा रहेको दोस्रो धनाढ्य अर्थात् अनलाइन खुद्रा कम्पनी एमाजनका संस्थापक र अन्तरिक्ष अन्वेषण कम्पनी ब्लु ओरिजिनका मालिक जेफ बेजोसको भन्दा एक अर्ब डलरभन्दा धेरै थियो । मस्कको सम्पत्ति लेजेन्डरी लगानीकर्ता र बर्कशायर ह्याथवेका सीईओ वारेन बफेटको भन्दा दोब्बर भन्दा धेरै हो । मंगलवार वफेटको नेटवर्थ १ खर्ब २५ अर्ब डलर थियो ।  मस्कको नेटवर्थ माइक्रोसफ्टका पूर्व सीईओहरु बिल गेट्स र स्टिभ बाल्मरको संयुक्त नेटवर्थभन्दा पनि धेरै छ । यी दुईको नेटवर्थ क्रमशः १ खर्ब ३६ अर्ब डलर र १ खर्ब डलर थियो । गूगल इंकका सह–संस्थापकद्वय ल्यारी पेज र सेर्गे ब्रिनको कुल नेटवर्थ पनि मस्कको नेटवर्थ उछिन्न पर्याप्त छैन । मस्कको नेटवर्थ कोलम्बिया, फिनल्यान्ड, पाकिस्तान, चिली र पोर्चुगलको कुल गाहस्थ्र्य उत्पादन (जीडीपी) भन्दा धेरै छ । मस्क खेलप्रेमी हुन्थे भने उनले अमेरिकाको ३२ ओटै राष्ट्रिय फुटबल किनेर पनि १९० खर्ब उब्रिन्थ्यो । सम्पत्तिको मामिलामा अहिले यो पृथ्विमा मस्कलाई उछिन्ने कोही पनि छैन । तर मुद्रास्फीतिसँगको समायोजन गर्ने हो भने मस्कको भन्दा धेरै सम्पत्ति भएका व्यक्तिहरु पनि इतिहासमा छन् । एजेन्सी

'१ खर्ब डलरको क्लब'मा भारतीय धनाढ्य मुकेश अम्बानी

एसियाकै धनाढ्य भारतीय उद्यमी मुकेश अम्बानी विश्वको १ खर्ब डलर (१०० अर्ब)सम्पत्ति हुनेहरूको क्लबमा प्रवेश गरेका छन्।

भारतीय व्यापारी अडाणीको सम्पत्ति १६ खर्ब बढ्यो

एजेन्सी। संसारका अर्बपतिहरुमध्ये भारतीय व्यापारी गौतम अडाणीले एक वर्षमा सबैभन्दा बढी कमाएका छन्। उनको सम्पत्ति वर्ष दिनमा १६ खर्ब वृद्धि भएको हो। सम्पत्ति वृद्धिको यो रकम जेफ बेजोस, एलन मस्कसहित अन्य थुप्रै अर्बपतिको भन्दा बढी हो। अडाणी भारतको दोस्रो र संसारको २३औं धनाढ्य हुन्। सम्पत्ति वृद्धिमा उनले भारतकै मुकेश अम्बानीलाई पनि उछिनेका छन्।

एलन मस्क पुनः बने विश्वकै धनी मान्छे

टेस्ला कम्पनीका सीईओ एलन मस्कले विश्वका सर्वाधिक धनाढ्य व्यक्तिको सूचीमा पुनः पहिलो स्थान कब्जा गरेका छन् । अमेजन सीईओ जेफ बेजोसलाई पछि पार्दै मस्कले पहिलो स्थानमा पुनरागमन गरेका हुन् । ब्लुम्बर्ग बिलेनियर इन्डेक्सका अनुसार मस्कको सम्पत्ति हाल बढेर १ खर्ब ९९ अर्ब ९० करोड अमेरिकी डलर पुगेको छ । मस्कको रकेट कम्पनीमा पछिल्लोपटक थपिएको लगानीसँगै […]

मिडियामा आउन लजाउने रहस्यमयी धनाढ्य याङ हुइयान

काठमाडौं । एसियाकै सबैभन्दा धनी महिला याङ हुइयानबारे धेरैलाई थाहा नहुन पनि सक्छ किनभने उनी त्यतिसारो मिडियामा छाँउदिनन् । उनको कुल सम्पत्ति २५ बिलियन डलर अर्थात २८ खर्ब नेपाली रुपैयाँ भन्दा धेरै छ र उनी …