कोरोनाले धनी र गरिब बीचको दूरी झन बढ्यो, १० धनाड्यले २ वर्षमै जोडे ८ खर्ब डलर सम्पत्ति

माघ ३, काठमाडौं । कोरोना भाइरसको महामारी बीच विश्वका धनी र गरीबहरु बीचको सम्पत्तिमा भिन्नता झनै गहिरो बनेको छ ।  महामारीका कारण विश्वभर गरिबीको रेखामुनि धकेलिने जनसंख्या बढेको छ । तर ठिक उल्टो औंलामा गन्न सकिने केही अति धनाढ्यहरुको सम्पत्ति भने दोब्बर भएको सोमवार सार्वजनिक एक प्रतिवेदनले देखाएको भन्दै एपीले समाचार छापेको हो ।  गरिबी निवारणका लागि काम गर्ने संगठन अक्सफामले बताएअनुसार कोभिड–१९ शुरु भएयताको २ वर्षमा विश्वका सबैभन्दा धनाढ्य १० पुरुषहरुको सम्पत्ति ७ खर्ब डलरबाट बढेर १५ खर्ब डलरमा उक्लिएको छ । औसतमा यिनीहरुको सम्पत्ति दैनिक १ अर्ब ३० करोड डलरका दरले बढेको उक्त प्रतिवेदनले देखाएको छ ।  प्रतिवेदन विश्व आर्थिक मञ्चको भर्चुअल मिनि–समिट शुरु हुनु अगाडि आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको हो । उनीहरुको सम्पत्ति यस अघिका १४ वर्षमा बढेको भन्दै धेरै अनुपातमा महामारीको बेलामा बढेको अक्सफामको भनाइ छ । १४ वर्ष अगाडि विश्व अर्थतन्त्र सन् १९२९ मा वालस्ट्रिट धराशयी भएयताकै खराब मन्दीबाट गुज्रिएको थियो ।  संगठनले यस्तो असमानतालाई आर्थिक हिंसाको संज्ञा दिएको छ । असमानताले हरेक दिन स्वास्थ्य उपचारमा पहुँचको अभाव, लैंगिकतामा आधारित हिंसा, भोक र जलवायु परिवर्तन जस्ता कारणले गर्दा दिनँहु २१ हजार जनाको मृत्यु भइरहेको अक्सफामको भनाइ छ ।  अक्सफामका अनुसार कोरोना भाइरसको महामारीले १६ करोड मानिसहरुलाई गरिबीको रेखा मुनि धकेलेको छ । यसको चपेटामा गैर–स्वेत अल्पसंख्यक जनजाति महिलाहरु आएको पनि बताइएको छ । प्रतिवेदन सन् २०२१ को डिसेम्बरमा अक्सफामले गरेको अध्ययनमा आधारित छ । महामारीका समयमा विश्वका सर्वाधिक धनीहरुको सम्पत्तिको कीर्तिमानी स्तरमा बढेको यसले देखाएको छ ।  विश्वमा खोपको उत्पादनका साथै स्वास्थ्य हेरचाह, जलवायु अनुकुलन र लिंगमा आधारित हिंसा घटाएएर मानिसहरुको ज्यान बचाउन आवश्यक रकम जुटाउन कर सुधार गर्न अक्सफामले आग्रह गरेको छ । आफूले सम्पत्तिको गणना सबैभन्दा अप–टु–डेट र विस्तृत डेटा स्रोतका आधारमा गरेको र यसका लागि अमेरिकी आर्थिक पत्रिका फोब्र्सको सन् २०२१ को अर्बपतिहरुको सूची प्रयोग गरेको संगठनले भनेको छ ।  फोर्ब्सको सूचिअनुसार विश्वको सबैभन्दा धनी १० व्यक्तिहरु टेस्ला र स्पेश एक्सका सीईओ एलन मस्क, एमाजन संस्थापक तथा सीईओ जेफ बेजोस, गुगलका संस्थापकहरु ल्यारी पेज र सेर्गे ब्रिन, फेसबुकका मार्क जुकरबर्ग, माइक्रोसफ्टका पूर्व सीईओ बिल गेट्स र स्टिभ बाल्मर, ओर्याकलका पूर्व सीईओ ल्यारी एलिसन, अमेरिकी लगानीकर्ता वारेन बफेट र फ्रेन्च लक्जरी गु्रप एलभीएमएचका बर्नार्ड आर्नल्ट हुन् ।एजेन्सीहरु

सम्बन्धित सामग्री

पाकिस्तानका प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीभन्दा उनका श्रीमती धनी

पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफ र पूर्वप्रधानमन्त्री इमरान खान आफ्ना श्रीमतीभन्दा गरिब भएको पाइएको छ । निर्वाचन आयोगमा पेश गरिएको सम्पत्ति विवरणअनुसार प्रधानमन्त्री शरीफ र उनका पूर्ववर्ती खानका पत्नीसँग आफ्ना पतिभन्दा अधिक सम्पत्ति रहेको पाइएको हो । पूर्वप्रधानमन्त्री इमरान खानसँग दुई लाख पाकिस्तानी रूपैयाँ पर्ने चारवटा बाख्रा छन् । अंशवण्डामा प्राप्त उनीसँग छ किसिमका सम्पत्ति छन् […]

कोरोनाका कारण धनी झन् धनी र गरिब झन् गरिब बन्दै : अक्सफाम

कोरोना महामारीका कारण विश्वभर धनी र गरिबबीचको खाडल बढेको अक्सफामले एक रिपोर्टमा सार्वजनिक गरेको छ। महामारीबाट गरिबीको रेखामुनि पुग्ने व्यक्ति र परिवारको संख्या समेत बढेको बताइएको छ।रिपोर्टमा संसारभर अत्यधिक गरिबीका कारण दैनिक २१ हजार मानिसको मृत्यु हुने गरेको उल्लेख छ। रिपोर्टअनुसार संसारका सबैभन्दा धनी व्यक्तिको सम्पत्ति सन् २०२० को मार्चदेखि हालसम्म दुई गुणाले बढेको छ।दावोसमा आयोजित विश्व आर्थिक मञ्चको बैठकमा रिपोर्ट जारी गर्दै अक्सफार्मका मुख्य कार्यकारी निर्देशक डेनी श्री स्कन्दराजाहले यस वर

कोरोना महामारी : गरिब कोभिडले मरे, धनीहरुको सम्पत्ति दोब्बरले बढ्यो

महामारीको समयमा धनी र गरिबबीचको खाडल पहिलाभन्दा थप गहिरिएको छ । धनी थप धनी भए भने गरिबीको रेखामुनी जीवन बिताउनेहरुको संख्या बढेको छ । यो कुरा च्यारिटी संस्था अक्सफ्यामको रिपोर्टमा सार्वजनिक भएको छ ।रिपोर्टमा दाबी गरिए अनुसार संसारमा अत्यधिक गरिबका कारण दैनिक २१,३०० को मृत्यु भएको छ । यस्तै, संसारका १० सर्वाधिक धनीको सम्पत्तिमा मार्च २०२० देखि हालसम्म दोब्बरभन्दा बढीको वृद्धि भएको छ ।अक्सफ्याम साधारणतया दावोसमा आयोजित विश्व आर्थिक मञ्चको बैठकको सुरुवातमा विश्वव्यापी असमानतामा एउटा रिपो

सलमान खान मनका धनी, धनका महाधनी

सलमान खान केबल नामका मात्रै सुल्तान होइनन् उनी वास्तविक जिन्दगीमा पनि सुल्तान हुन्। अहिले उनको सम्पत्तिका कुरा गर्दा तपाईंले आफूलाई अत्यान्तै गरिब महसुस गर्नुहुने छ। यदि तपाईंहरू सल्लु भाइको सम्पत्ति कति ...

विश्वका शीर्ष २६ जनाको सम्पत्ति ४ अर्ब गरिब जनता बराबर

एजेन्सी । सोमबार अक्सफम इन्टरनेस्नलले सार्वजानिक गरेको रिपोर्टमा विश्वका अर्बपतिहरु दैनिक २.५ अर्ब डलरले धनी

यी हुन् गरिब देशका धनी मन्त्री, कति छ सम्पत्ति

काठमाडौं । एकतिहाइ नेपालीलाई बिहान-बेलुकी छाकटार्न मुस्किल परिरहेको मुलुकका प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण करोड रुपैयाँभन्दा बढी रहेको पाइएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले...