एलन मस्कको सम्पत्ति वारेन बफेटको दोब्बरभन्दा धेरै, बने संसारकै नम्बर १ धनाढ्य

वाशिङटन डीसी (अमेरिका) । अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्ला इंक र अन्तरिक्ष अन्वेषण कम्पनी स्पेस एक्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कको नेटवर्थ ३ खर्ब डलरमा पुगेको छ । फोब्र्सको मंगलबारको अर्बपतिहरुको रियल टाइम वरियताले यस्तो देखाएको हो ।  मस्कसँग भएको उक्त नेटवर्थ सूचीमा रहेको दोस्रो धनाढ्य अर्थात् अनलाइन खुद्रा कम्पनी एमाजनका संस्थापक र अन्तरिक्ष अन्वेषण कम्पनी ब्लु ओरिजिनका मालिक जेफ बेजोसको भन्दा एक अर्ब डलरभन्दा धेरै थियो । मस्कको सम्पत्ति लेजेन्डरी लगानीकर्ता र बर्कशायर ह्याथवेका सीईओ वारेन बफेटको भन्दा दोब्बर भन्दा धेरै हो । मंगलवार वफेटको नेटवर्थ १ खर्ब २५ अर्ब डलर थियो ।  मस्कको नेटवर्थ माइक्रोसफ्टका पूर्व सीईओहरु बिल गेट्स र स्टिभ बाल्मरको संयुक्त नेटवर्थभन्दा पनि धेरै छ । यी दुईको नेटवर्थ क्रमशः १ खर्ब ३६ अर्ब डलर र १ खर्ब डलर थियो । गूगल इंकका सह–संस्थापकद्वय ल्यारी पेज र सेर्गे ब्रिनको कुल नेटवर्थ पनि मस्कको नेटवर्थ उछिन्न पर्याप्त छैन । मस्कको नेटवर्थ कोलम्बिया, फिनल्यान्ड, पाकिस्तान, चिली र पोर्चुगलको कुल गाहस्थ्र्य उत्पादन (जीडीपी) भन्दा धेरै छ । मस्क खेलप्रेमी हुन्थे भने उनले अमेरिकाको ३२ ओटै राष्ट्रिय फुटबल किनेर पनि १९० खर्ब उब्रिन्थ्यो । सम्पत्तिको मामिलामा अहिले यो पृथ्विमा मस्कलाई उछिन्ने कोही पनि छैन । तर मुद्रास्फीतिसँगको समायोजन गर्ने हो भने मस्कको भन्दा धेरै सम्पत्ति भएका व्यक्तिहरु पनि इतिहासमा छन् । एजेन्सी