मन्त्रिपरिषद् पुनर्गठनविरुद्धको मुद्दामा आज सुनुवाइ

काठमाडौं।मन्त्रिपरिषद् पुनर्गठन र विस्तारविस्तारविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदैछ।वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहित ६ जनाले दायर गरेको रिटमा न्यायाधीस इश्वर खतिवडाको इजलासले अन्तरिम आदेश नदिई मन्त्रिपरिषद् पुनर्गठनको कारण लिखित रुपमा पेश गर्न आदेश दिएको थियो।सर्वाेच्चले लिखित जवाफ माग गरेपछि फेरि मन्त्रिपरिषद् विस्तार गरेकाले पुरक निवेदनसमेत परेको छ।रिटमा कामचलाउ प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् पुनर्गठन असंवैधानिक भन्दै अन्तरिम आदेशमार्फत बदर गर्न माग गरिएको छ।

सम्बन्धित सामग्री

सभामुख र उपसभामुखको पद खाली गराउन मागसहित परेको रिटउपर आज सुनुवाइ

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालको पद खाली गराउन माग गर्दै परेको रिटमा आज सुनुवाइ हुँदैछ । अधिवक्ताहरू किशोर पौडेल, जगन्नाथ दुलाल र अनुपम भट्टराईले बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कानून मन्त्रालय र संघीय संसद् सचिवालयलाई विपक्षी बनाई सभामुख र उपसभामुखविरुद्ध दायर रिटको पेसी आजका लागि तोकिएको थियो । निर्वाचन आयोगले […]

मन्त्री आलेको स्पष्टीकरणविरुद्धको रिटमा न्यायाधीश चुडालको इजलासमा सुनुवाइ हुँदै

काठमाडौं, २२ चैत । अनाधिकृत रूपमा स्पष्टीकरण सोधेको भन्दै नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले दायर गरेको रिटमा आज सुनुवाइ हुँदै छ । रिटको पेसी न्यायाधीश डा. कुमार चुडालको एकल इजलासमा तोकिएको छ । पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मन्त्री प्रेमबहादुर आलेलाई विपक्षी बनाएका छन् । उनले रिटमार्फत […]

ओली विपक्षी रहेको मन्त्रिपरिषद् विस्तारसम्बन्धी मुद्दामा आज सुनुवाइ हुँदै

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली विपक्षी रहेको मन्त्रिपरिषद् विस्तारसम्बन्धी मुद्दामा आज सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र डा.कुमार चुडालको इजलासमा मुद्दाको पेसी तोकिएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गत वर्षको पुस १४ र अधिवक्ता लोकेन्द्र वलीले पुस १३ गते तत्कालीन प्रधानमन्त्री ओलीले गरेको मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए ।उनीहरूले प्रतिनिधिसभा विघटनपछि सरकार काम चलाउ हुँदा मन्त्रिपरिषद् विस्तार गर्नु असंवैधानिक भन्दै विस्तार गर्ने निर्णय ख

सर्वाेच्चकाे अन्तरिम आदेश - २० मन्त्री पदमुक्त (आदेशसहित)

काठमाण्डाै – सर्वाेच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पटक गर्नुभएको मन्त्रिपरिषद् विस्तार कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । कामचलाउ सरकारलाई मन्त्रिपरिषद् विस्तारको अधिकार नहुने भन्दै गएको जेठ २१ गते वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायत नौ जनाले मन्त्रिपरिषद् विस्तारविरुद्ध रिट दायर गरेका थिए । त्यही रिटमा आज सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा र न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको इजलासले मन्त्रिपरिषद् विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।  गएको जेठ २१ र २७ गते प्र...

मन्त्रिपरिषद् विस्तारविरुद्धको रिटमा सुनुवाइ हुँदै

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले गएको जेठ २१ र २८ गते गरेको मन्त्रिपरिषद् विस्तारविरुद्धको रिटमा आज सुनुवाइ गर्दै छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहितको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिनुपर्ने÷नपर्ने सन्दर्भमा विपक्षीसहित आज छलफल गर्दै छ । गएको जेठ ६ गते सर्वोच्चले सांसद पद गुमेर पुनर्नियुक्ति भएका ६ मन्त्रीको पद...

मन्त्रिपरिषद् पुनर्गठनविरुद्धका निवेदनमाथि आज सुनुवाइ

प्रतिनिधिसभा विघटनपछि सरकारले गरेको मन्त्रिपरिषद् पुनर्गठनका विरुद्धमा परेका निवेदनमाथि सर्वोच्च अदालतमा बुधवार सुनुवाइ हुने भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता लोकेन्द्र ओलीले दायर गरेका निवेदन एकल इजलासमा सुनुवाइ हुन लागेका हुन् । सर्वोच्च अदालतले न्यायाधीश ईश्वरप्रसाद खतिवडालाई एकल इजलासका लागि तोकेको छ ।

मन्त्रिपरिषद् पुनर्गठन विरुद्धको रिटमाथि आज सुनुवाइ हुँदै

प्रतिनिधिसभा विघटनपछि सरकार कामचलाउ हैसियतमा पुगेकाले मन्त्रिपरिषद् पुनर्गठन गर्न नपाइने भन्दै सर्वाेच्च अदालतमा परेको रिट निवेदनमाथि आज बुधवार सुनुवाइ हुँदैछ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता लोकेन्द्र ओलीले दायर गरेका रिटमाथि न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा सुनुवाइ हुने भएको हो । रिटमाथि सुनुवाइ गर्न आज पेशी तोकिएको निवेदकमध्येका एक अधिवक्ता लोकेन्द्र ओलीले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले हालै गरेको मन्त्रिपरिषद् पुनर्गठन बदर हुनुपर्ने माग रिट निवेदनमा गरिएको छ ।