ओली विपक्षी रहेको मन्त्रिपरिषद् विस्तारसम्बन्धी मुद्दामा आज सुनुवाइ हुँदै

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली विपक्षी रहेको मन्त्रिपरिषद् विस्तारसम्बन्धी मुद्दामा आज सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र डा.कुमार चुडालको इजलासमा मुद्दाको पेसी तोकिएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गत वर्षको पुस १४ र अधिवक्ता लोकेन्द्र वलीले पुस १३ गते तत्कालीन प्रधानमन्त्री ओलीले गरेको मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए ।उनीहरूले प्रतिनिधिसभा विघटनपछि सरकार काम चलाउ हुँदा मन्त्रिपरिषद् विस्तार गर्नु असंवैधानिक भन्दै विस्तार गर्ने निर्णय ख

सम्बन्धित सामग्री

जबराविरुद्धको महाभियोग निष्क्रिय पत्रमाथिको रिटमा आज सुनुवाइ

काठमाडौं – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग निष्क्रिय भएको भन्दै संसद् सचिवालयले पठाएको पत्रमाथिको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ। प्रधानन्यायाधीश जबरा, संघीय संसद् सचिवालय र संसद् सचिवालयका महासचिव भरतप्रसाद गौतमलाई विपक्षी बनाएर सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीले दायर गरेको रिटको सुनुवाइ आज संवैधानिक इजलासमा हुने भएको हो । जबराको आचरणमाथि नै प्रश्न […]

जबराविरुद्धको महाभियोग निष्क्रिय पत्रमाथिको रिटमा आज सुनुवाइ

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग निस्क्रिय भएको भन्दै संसद सचिवालयले पठाएको पत्रमाथिको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीश जबरा, संघीय संसद् सचिवालय र संसद सचिवालयका महासचिव भरतप्रसाद गौतमलाई विपक्षी बनाएर सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीले दायर गरेको रिटको सुनुवाइ आज संवैधानिक इजलासमा हुने भएको हो ।जबराको आचारणमाथि नै प्रश्न उठाउँदै अघिल्लो प्रतिनिधिसभाका सांसदहरुले उनीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका थिए । महाभियोगमाथि

जबराको महाभियोग फुकुवाविरुद्धको रिटमा आज सुनुवाइ, बारको आन्दोलन कायमै

काठमाण्डौ – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाभियोग फुकुवाविरुद्ध सर्वोच्चमा परेको रिटको सुनुवाइ आज हुने भएको छ । जबराका साथै संघीय संसद् सचिवालय र संसद्का महासचिव भरतप्रसाद गौतमलाई विपक्षी बनाएर सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीले दायर गरेको रिटको सुनुवाइ संवैधानिक इजलासमा हुन लागेको हो । क्षेत्राधिकार मिच्दै जबराको महाभियोग निष्क्रिय बनाएकाले गौतमको पत्र कार्यान्वयन नगर्न–नगराउन भन्दै रिटमा अन्तरिम आदेश माग गरिएको छ । रिटमा महासचिव गौतमले ‘प्रतिनिधिसभाको क्षेत्राधिकारमा ...

भुवन केसी विरुद्धको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौँ । चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीलाई नियुक्त गर्ने सरकारको निर्णय खारेजीको माग गर्दै दायर रिटमा सोमबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र चलचित्र विकास बोर्डलाई विपक्षी बनाएर शुक्रबार फिल्म निर्देशक नरेशकुमार पौड्यालसहित पाँच जनाले रिट दायर गरेका थिए । सर्वोच्चको वेबसाइटअनुसार यो उत्प्रेषणको मुद्दा […]

पाकिस्तानमा संसद भंगसम्बन्धी रिटमा आज सुनुवाइ

इस्लामावाद । पाकिस्तानमा संसद् भंगको विषयमा परेको रिटमाथि आज सुनुवाइ हुने भएको छ । सोमबारका लागि तोकिएको सुनुवाइ आजसम्मका लागि स्थगित गरिएको थियो । त्यहाँको सर्वोच्च अदालतमा दायर रिटमा विपक्षी पार्टी पाकिस्तान पीपुल्सले सुनुवाइका लागि अदालतका सबै १६ न्यायाधीशको बेन्च तोक्न माग गरेको थियो । अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रधानमन्त्री इमरान खानको सिफारिसमा आइतबार संसद […]

ओलीले दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदै

काठमाडौं, असोज ४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वाेच्वमा दायर गरेको रिट निवेदनमाथि आज सुनुवाइका लागि पेसी तोकिएको छ । अध्यक्ष ओलीले निर्वाचन आयोग, सभामुख समेतलाई विपक्षी बनाएर रिट दायर गरेका थिए । सर्वोच्च अदालतको पेसी सूचीमा उक्त रिट निवेदन न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ हुनेगरी तोकिएको छ । […]

ओलीको मुद्दामा आज सुनुवाइ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग, सभामुख समेतलाई विपक्षी बनाएर दायर गरेको रिट निवेदनमाथि आज सुनुवाइका लागि पेसी तोकिएको छ । सर्वोच्च अदालतको पेसी सूचीमा उक्त रिट निवेदन न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ हुनेगरी तोकिएको छ ।एमाले अध्यक्ष ओलीले पार्टीबाट कारवाही गरिएका १४ सांसदसमेतको हस्ताक्षर सनाखत गराएर नयाँ दल गठन गरिएको भन्दै निर्वाचन आयोगलाई विपक्षी बनाएर रिट निवेदन दायर गरेका थिए । पार्टीले कारवाही गरेको बारेमा जानकारी गराउँदासमेत सभामु

ओलीको रिट निवेदनमा आज सुनुवाइ हुँदै

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग, सभामुख लगायतलाई विपक्षी बनाएर दायर गरेको रिट निवेदनमाथि सोमबार सुनुवाइ हुँदैछ ।सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश मीरा खड्काको संयुक्त इजलासमा उक्त रिट निवेदनको पेसी तोकिएको छ ।ओलीले एमालेबाट कारवाही गरिएका १४ सांसदलाई निर्वाचन आयोगले अलग दल दर्ताका लागि सनाखत गराएको र एमालेबाट कारवाही गरी संसद सचिवालयलाई जानकारी गराउँदासमेत सभामुख अग्निप्रसाद सापकोटाले सूचना टाँस नगरेको जिकिर रिट निवेदनमा गरेका छन् । रिट निवेदन

सुदूरपश्चिम सरकार पुनर्गठनविरुद्धको रिटमाथि आज सुनुवाइ हुँदै

सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठन विरुद्धको रिटमाथि आज सुनुवाइ हुँदैछ ।  न्यायाधीश सपना प्रधान मल्ला र सुष्मालता माथेमाको संयुक्त इजलासमा सुनुवाइ हुने भएको हो ।  कमलसिंह रानासहितले जेठ २७ गते सुदूरपश्चिम सरकार पुनर्गठन विरुद्ध रिट दायर गरेका थिए । रिटमा सुदूरपश्चिम प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री त्रिलोचन भट्टलगायत मन्त्रीहरूलाई विपक्षी बनाइएको छ ।  जेठ १४ मा मुख्यमन्त्री भट्टले मन्त्री थप गर्दै ११ सदस्यीय मन्त्रिमण्डल बनाएका थिए ।

संवैधानिक आयोगमा नियुक्ति बदर मुद्दामाथि आज सुनुवाइ हुँदै

काठमाडौं : संवैधानिक आयोगमा भएका नियुक्ति बदरको माग गर्दै सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा  दायर गरेको रिटमथि आज सुनुवाइ हुँदै छ । सभामुख सापकोटाले राष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायाधीशसहित ३७ जनालाई विपक्षी बनाएर शुक्रबार रिट दायर गरेका हुन्। सो रिटको सर्वोच्च अदालतले आज पेसी तोकेको हो। पेसी कसको बेञ्चमा पर्ने भन्ने सर्वोच्च अदालतल आज  टुंगो लगाउने छ। राष्ट्रपति विद्यादेवी भण्डारी, संवैधानिक परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओल