सिटिजन्स बैंकको खुद ब्याज आम्दानी ४० प्रतिशत बढेपछि खुद नाफा र ईपीएस पनि वृद्धि

काठमाडौं। सिटिजन्स बैंकको नाफा बढेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले २ अर्ब २५ करोड रुपैयाँ खुद नाफा

सम्बन्धित सामग्री

१७ प्रतिशतले बढ्यो साना किसान लघुवित्तको खुद नाफा, ४५ रुपैयाँ ईपीएस

आर्थिक वर्ष ७८/७९ मा साना किसान लघुवित्तको खुद नाफा १७.४५ प्रतिशतले बढेको छ । आर्थिक वर्ष ७७/७८ मा कम्पनीले ६० करोड ३१ लाख खुद नाफा कमाएकोमा आर्थिक वर्ष ७८/७९ मा कम्पनीको खुद नाफा बढेर ७० करोर्ड ८३ लाख पुगेको हो ।यस अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा ४३ करोड ८८ लाख रहेको छ । यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १०.६८ प्रतिशतले बढेर १ अर्ब ३४ करोड पुगेको छ ।समिक्षा अवधिमा कम्पनीको सापटी २४.५३ प्रतिशतले बढेर १६ अर्ब ३० करोड पुगेको छ भने कर्जा प्रवाह २२.७३ प्रतिशतले बढेर २९ अर्ब ३१ करोड पुगेको छ । कम्पनीको खराब कर्जा ०.६८ प्रतिशत रहेको छ । १ अर्ब ५६ करोड चुक्ता पुंजी रहेको कम्पनीको रिजर्भमा २ अर्ब ६० करोड रहेको छ । कम्पनीको प्रति शेयर आम्दानी ४५ रुपैयाँ २८ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ २६६ रुपैयाँ ८ पैसा रहेको छ ।

६५ प्रतिशतले बढ्यो फरवार्ड माइक्रोफाइनान्सको खुद नाफा, ईपीएस १०० रुपैयाँ

आर्थिक वर्ष ७८/७९ मा फरवार्ड माइक्रोफाइनान्सको खुद नाफा ६५.६५ प्रतिशतले बढेको छ । आर्थिक वर्ष ७७/७८ मा कम्पनीको खुद नाफा ५१ करोड ३ लाख रहेकोमा आर्थिक वर्ष ७८/७९ मा कम्पनीको खुद नाफा बढेर ८४ करोड ५३ लाख पुगेको हो ।यस अवधिमा कम्पनीको खुद ब्याज आम्दनी भने ८.८५ प्रतिशतले बढेर  १ अर्ब ३६ करोड पुगेको छ । कम्पनीले प्रोभिजनमा राखेको १४ करोड १५ लाख राइट ब्याक गर्न सफल भएपछि कम्पनीको खुद नाफामा ठूलो वृद्धि देखिएको हो । यस अवधिमा कम्पनीको सापटी १६.८२ प्रतिशतले बढेर १८ अर्ब ६३ करोड पुगेको छ भने निक्षेप संकलन १९.८७ प्रतिशतले बढेर ७ अर्ब ९५ करोड पुगेको छ । कम्पनीको कर्जा प्रवाह २७.९६ प्रतिशतले बढेर १९ अर्ब ८१ करोड पुगेको छ । कम्पनीको खराब कर्जा ३.६७ प्रतिशतबाट घटेर १.८३ प्रतिशत कायम भएको छ ।८४ करोड ४४ लाख चुक्ता पुंजी रहेको बैंकको रिजर्भमा १ अर्ब ८४ करोड रहेको छ ।   यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १०० रुपैयाँ ११ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ ३१८ रुपैयाँ ८३ पैसा रहेको छ ।

६१ प्रतिशतले बढ्यो महिला लघुवित्तको खुद नाफा, ईपीएस एक सय माथि

आर्थिक वर्ष ७८/७९ मा महिला लघुवित्तको खुद नाफा ६१.४३ प्रतिशतले बढेको छ। आर्थिक वर्ष ७७/७८ मा कम्पनीले ९ करोड २९ लाख खुद नाफा कमाएकोमा आर्थिक वर्ष ७८/७९ मा कम्पनीको नाफा बढेर १५ करोड पुगेको हो ।यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १५.९० प्रतिशतले बढेर २७ करोड ८७ लाख पुगेको छ । समिक्षा अवधिमा कम्पनीको सापटी २३.५३ प्रतिशतले बढेर २ अर्ब ७७ करोड पुगेको छ भने निक्षेप संकलन ४४.३८ प्रतिशतले बढेर १ अर्ब ३४ करोड पुगेको छ । कम्पनीको कर्जा प्रवाह ३३.२३ प्रतिशतले बढेर ४ अर्ब ४४ करोड पुगेको छ । कम्पनीको खराब कर्जा १.७१ प्रतिशतबाट बढेर १.९१ प्रतिशत पुगेको छ । यस अवधिमा कम्पनीले सम्भावित जोखिमको लागि १२ करोड ३५ लाख छुट्याएको छ । त्यस्तै यस अघि सम्भावित जोखिमको लागि छुट्याइएकोको १५ करोड १४ लाख राइट ब्याक गरेको छ । १४ करोड ७५ लाख चुक्ता पुंजी भएको कम्पनीको रिजर्भमा २९ करोड ८३ लाख रहेको छ ।  यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १०१ रुपैयाँ ७६ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ ३०२ रुपैयाँ २६ पैसा रहेको छ ।

५५.०८ प्रतिशतले बढ्यो सिवाईसी नेपाल लघुवित्तको खुद नाफा, ईपीएस ६६ रुपैयाँ

आर्थिक वर्ष ७८/७९ मा सिवाईसी नेपाल लघुवित्तको खुद नाफा ५५.०८ प्रतिशतले बढेको छ। आर्थिक वर्ष ७७/७८ मा कम्पनीले ५ करोड १८ लाख खुद नाफा गरेकोमा आर्थिक वर्ष ७८/७९ मा कम्पनीको खुद नाफा बढेर ८ करोड ३३ लाख पुगेको छ।कम्पनीको खुद ब्याज आम्दानी ५७.२३ प्रतिशतले बढेर २१ करोड ९९ लाख पुगेको छ । यस अवधिमा कम्पनीको सापटी ४६२.८७ प्रतिशतले बढेर १ अर्ब ६४ करोड पुगेको छ भने निक्षेप संकलन ५७.६७ प्रतिशतले बढेर १ अर्ब ३९ करोड पुगेको छ । त्यस्तै कम्पनीको कर्जा प्रवाह १०५.२१ प्रतिशतले बढेर ३ अर्ब ५९ करोड पुगेको छ । कम्पनीको खराब कर्जा ४.८४ प्रतिशतबाट घटेर १.९५ प्रतिशत कायम भएको छ । १२ करोड १६ लाख चुक्ता पुंजी रहेको कम्पनीको रिजर्भमा २८ करोड ८ लाख रहेको छ ।  यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ६६ रुपैयाँ ४ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ ३३० रुपैयाँ ८६ पैसा रहेको छ ।  कम्पनीले आधिखोला लघुवित्तसंग मर्जरको लागि सम्झौता गरेकोले कम्पनीको शेयर कारोबार रोक्का छ ।

एनआईसी एसिया बैंकको खुद नाफा ४ अर्ब ५३ करोड, ईपीएस ३९.१३ रुपैयाँ

एन आई सी एशिया बैंक लिमिटेडले गत आ.व. २०७८/७९ को चौथो त्रयमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले आ.व. २०७८/७९ मा  ४ अर्ब ५३ करोड खुद नाफा कमाएको छ । जुन वार्षिक विन्दुगत आधारमा ३९ प्रतिशतको वृद्धि हो ।  बैंकको स्व–पूँजीमा प्रतिफल (ROE) १९.६५ प्रतिशत रहेको छ भने प्रति शेयर आम्दानी ३९.१३ रुपैयाँ रहेको छ । बैंकले निष्कृय कर्जालाई ०.४९ प्रतिशतमा सीमित राखेको छ । त्यसै गरी बैंकको कुल पूँजी पर्याप्तता अनुपात १३.५१ प्रतिशत र Tier 1 Capital Adequacy Ratio (Including Capital Conservation Buffer) ८.९३ प्रतिशत रहेको छ ।बैंकले आ.व. २०७८/७९ को चौथो त्रयमाससम्ममा १२ लाख भन्दा बढी नयाँ खाताहरू थप गर्दै ४० लाख भन्दा बढी खाताहरू मार्फत  सेवा प्रदान गर्दै आइरहेको जनाएको छ । यसै त्रयमाससम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८६ प्रतिशत साना तथा मझौला र रिटेल कर्जाहरु कर्जा विस्तार गरेको छ ।  बैंकले २५ वर्ष पुगेको अवसरमा रजत जयन्ति मनाउने तयारी गरिरहेको छ ।   आर्थिक वर्ष ०५६/०५७ मा १ कित्ता बराबरको साधारण शेयरमा लगानी गर्ने शेयरधनीको हालसम्म आइपुग्दा उक्त शेयर संख्या १३.१२ कित्ता पुगेको जसको प्रतिफल आजको बजार मुल्यमा रु. ९,५२०.९७ बराबर रहेको बैंकले जनाएको छ । बैंकले हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रु १९ अर्ब ९२ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत अर्थिक वर्ष २०७८/७९ मा मात्रै रू.३ अर्ब ४१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाएको जनाएको छ। बैंकले ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

५०.५ प्रतिशतले बढ्यो महिला लघुवित्तको नाफा, ईपीएस ११०.९७ रुपैयाँ

अचालु आर्थिक वर्ष ७८/७९ को दोस्रो त्रैमासमा महिला लघुवित्तको खुद नाफा ५०.५ प्रतिशतले बढेको छ । कम्पनीले आघिल्लो आर्थिक वर्षको यहि अवधिमा ५ करोड ४३ लाख खुद नाफा कमाएकोमा चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीको खुदनाफा बढेर ८ करोड १८ लाख पुगेको हो ।कम्पनीको ९ करोड राइट ब्याकपछि संचालन मुनाफा घटे पनि खुद नाफा भने बढेको हो । यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ४६.९६ प्रतिशतले बढेर १४ करोड ४९ लाख पुगेको छ ।कम्पनीको सापटी २९.९ प्रतिशतले बढेर २ अर्ब ४४ करोड पुगेको छ भने कम्पनीको कर्जा प्रवाह ३८.९४ प्रतिशतले बढेर ३ अर्ब ९१ करोड पुगेको छ । त्यस्तै निक्षेप ४३.५७ प्रतिशतले बढेर १ अर्ब १२ करोड पुगेको छ ।१४ करोड चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भमा २३ करोड १७ लाख रहेको छ । समिक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दान ११०.९७ रुपैयाँ , प्रति शेयर नेटवर्थ २५७.१३ रुपैयाँ र पीई रेसियो ३३.१६ रुपैयाँ रहेको छ ।

सिटिजन्स बैंकको ६ महिनाको नाफा एक अर्ब २३ करोड

सिटिजन्स बैंक इन्टरनेसनलले ६ महिनामा सवा अर्बमाथिको नाफा कमाएको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात् पुस मसान्तसम्ममा १ अर्ब २३ करोड रूपैयाँ खुद नाफा कमाएको हो । जुन अघिल्लो आर्थिक वर्षको सोही अबधिको भन्दा ३६ करोड रूपैयाँले बढी हो ।बैंकले गत वर्षको पुस मसान्तसम्म ८७ करोड ५१ लाख रूपैयाँ खुद नाफा कमाएको थियो ।बैंकले सार्वजनिक गरेको चालु आवको पुस मसान्तसम्मको वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा ७४ करोड ५९ लाख रूपैयाँ पुगेको छ ।यस्तै बैंकको ईपीएस १७.४५ रूपैयाँ कायम भएको छ भ

३८ प्रतिशतले बढ्यो फर्स्ट माइक्रोफाइनान्सको खुद नाफा, ईपीएस २१.६६ रुपैयाँ

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा फर्स्ट माइक्रोफाइनान्सको खुद नाफा ३८.११ प्रतिशतले बढेको छ । आघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले ७ करोड ५६ लाख खुद नाफा कमाएकोमा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले १० करोड ४४ लाख खुद नाफा कमाएको हो । यस अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा ६ करोड ९६ लाख रहेको छ । कम्पनीको खुद ब्याज आम्दानी ५०.०४ प्रतिशतले बढेर १८ करोड २३ लाख पुगेको छ भने संचालन मुनाफा ४५.११ प्रतिशतले बढेर १४ करोड ८८ लाख पुगेको छ । समिक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी २१.६६ रुपैयाँ, पीई रेसियो ४३.४ रुपैयाँ, प्रति शेयर नेटवर्थ १२७.३७ रुपैयाँ, कोषको लागत ८.५९ रुपैयाँ, बेस रेट १०.३८ प्रतिशत, र स्प्रेड रेट ३.२९ प्रतिशत रहेको छ । यस अवधिमा कम्पनीले ९ अर्ब ५३ करोड सापटी लिएको छ भने ९ अर्ब ८५ करोड कर्जा प्रवाह गरेको छ ।

साधना लघुवित्तको खुद नाफा ८८ प्रतिशतले बढ्यो, ईपीएस ५१.२२ रुपैयाँ

चालु आर्थिक वर्ष ७८/७९ को पहिलो त्रैमासमा साधना लघुवित्तको खुद नाफा ८८.३० प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले १ करोड ७४ लाख खुद नाफा कमाएकोमा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको खुद नाफा बढेर ३ करोड २९ लाख पुगेको छ । त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी १३०.७२ प्रतिशतले बढेर ७ करोड २१ लाख पुगेको छ । कम्पनीको नाचालन मुनाफा ५८९.२७ प्रतिशतले बढेर ४ करोड ९३ लाख पुगेको छ।  यस अवधिमा कम्पनीको कर्जा प्रवाह ६९.९५ प्रतिशतले बढेर ३ अर्ब ८५ करोड पुगेको छ भने  सापटी ४८.५८ प्रतिशतले बढेर २ अर्ब ८८ करोड पुगेको छ। यस अवधिमा कम्पनीको निक्षेप ७१.३३ प्रतिशतले बढेर ९३ करोड ६३ लाख पुगेको छ । चुक्ता पुंजी २५ करोड ६९ लाख रहेको लघुवित्तको रिजर्भमा १६ करोड २१ लाख रहेको छ । कम्पनीको प्रति शेयर आम्दानी ५१ रुपैयाँ २२ पैसा, खराब कर्जा १.६० प्रतिशत, र प्रति शेयर नेटवर्थ १६३.१० रुपैयाँ रहेको छ ।