बाजुरा - बाजुरामा मतगणना अनिश्चित बनेको छ । जिल्लाका विभिन्न मतदान केन्द्रमा नेपाली कांग्रेस र नेकपा (एमाले) का कार्यकर्ताले बुथ कब्जा गरी फर्जी मत खसाएको निर्वाचन आयोगमा उजुरी परेपछि मतगणना अनिश्चित बनेको हो ।
चुनावका बेला एमालेले आफ्नो पहुँच भएको मतदान केन्द्रमा बुथ कब्जा गर्दै मतदानमा सहभागी नभएका र विदेश गएका तथा ज्यान गुमाएका व्यक्तिको नाममा समेत मत हालेको कांग्रेसले आरोप लगाएको छ । कांग्रेसले पाँच मतदानस्थलका १७ मतदान केन्द्रमा पुनः चुनाव गर्न माग गर्दै उजुरी दिएको छ ।
यस्तै नेपाली कांग्रेसको पहुँच भएको मतदान...
काठमाण्डाै – आउँदाे मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका सन्दर्भमा निर्वाचन आयाेगले चार बुँदे निर्देशन दिने निर्णय गरेकाे छ ।
आयाेगले मतदान केन्द्रमा क्यामरा, मोबाइल र अन्य निषेधित वस्तु रोक्ने सम्बन्धमा चार बुँदे निर्देशन दिने निर्णय गरेको छ । निर्णयहरू यस प्रकार छन् :
(क) मतदानका दिन मतदान केन्द्रमा प्रवेश गर्ने मतदाता तथा अन्य व्यक्तिलाई सलाई, लाइटर, फोटो खिच्ने क्यामरा, मोबाइल तथा अन्य निषेधित वस्तु नलिई मतदान केन्द्रमा आउनको निम्ति प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७...
सुर्खेत– असोजमै हिउँले सेताम्य भएका यहाँका विभिन्न नाकामा चुनावका लागि कर्मचारी परिचालन गर्न समस्या देखिएको छ। उपल्लो डोल्पाका डोल्पोबुद्ध, शे फोक्सुण्डो र छार्काताङसोङ गाउँपालिकामा चुनावका लागि कर्मचारी परिचालनमा समस्या देखिएको हो । शेफोक्सुण्डो गाउँपालिका वडा नम्वर १,२ र ३ बाहेक अन्य सबै ठाउँमा रहेका मतदान केन्द्रमा हेलिकोप्टरको व्यवस्था नभएमा कर्मचारी परिचालन गर्न मुस्किल हुने डोल्पाका […]
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि दलहरूबाट प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको नाम जिल्लाबाट छनोट भएर केन्द्रमा आइरहेको छ । कतिपय दलले केन्द्रमा उम्मेदवार छनोट गर्ने कार्य पनि सुरु गरिसकेका छन् । जिल्लाबाट प्रदेश तथा केन्द्रमा सिफारिस भएका नामहरूमा शहीद परिवार, बेपत्ता परिवार, घाइतेहरूको नाम नपरेको गुनासो हरेक पार्टीमा सुनिन थालेका छन् । जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन, थरुहट लगायत विभिन्न आन्दोलनमा सहादत दिएका थुप्रै शहीद परिवारहरू छन् । ती आन्दोलनमा थुप्रै घाइते पन
काठमाण्डाै - निर्वाचन आयोगले आउँदो प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि पूर्वाधार र सुरक्षाको दृष्टिकोणले उपयुक्त हुने गरी कार्यालय तथा भवन तय गर्न निर्देशन दिएको छ ।
चुनावका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला सदरमुकाममा रहेकाे उपयुक्तस्थलमा र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा स्थानीय प्रशासन तथा सम्बन्धित पालिकासँग समन्वय गरी सम्बन्धित निर्वाचन क्षेत्रको केन्द्रमा पर्ने एवम् भौतिक पूर्वाधार तथा सुरक्षाको दृष्टिकोणबाट उपयुक्त हुने गरी निर्वाचन अधिकृतको कार्यालय राख्ने ठाउँ तथा भवनको यकिन गर्न आयोगले...
काठमाडौं : निर्वाचन आयोगले सरुवा, काज वा पदस्थापना भएका कर्मचारीहरू तोकिएको स्थानमा नगएको भन्दै अनिवार्य हाजिर हुन निर्देशन दिएको छ। आयोगले आइतबार विज्ञप्ति जारी गर्दै स्थानीय चुनावका लागि खटाइएका कर्मचारीहरू तोकिएको मतदान स्थलमा नपुगेको सूचना पाएको भन्दै अनिवार्य हाजिर हुन उनीहरूलाई निर्देशन दिएको हो।खटाइएको कार्यक्षेत्रमा नपुगेका कर्मचारीलाई वैशाख १५ गतेभित्र अनिवार्य रुपमा मतदान केन्द्रमा हाजिर हुन पठाउन सरोकारवाला कार्यालयहरूलाई समेत आयोगले निर्देशन दि
काठमाडौँ – निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि ४६ जिल्लाको मतपत्र छापिसकिएको जनाएको छ। सोमबार नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम पौडेलले ४६ जिल्लाका लागि आवश्यक पर्ने मतपत्र छापिसकिएको जानकारी दिएका हुन्। आयोगले जनक शिक्षा सामाग्री केन्द्रमा नेपाली सेनाको सुरक्षा घेरामा मतपत्र छपाइ गरिरहेको छ। दुर्गमबाट क्रमश सुगम जिल्लाका लागि मतपत्र […]
काठमाडौँ – निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि एक करोड ९४ लाख थान मतपत्र छाप्ने भएको छ। केही दिनदेखि जनक शिक्षा केन्द्रमा जारी रहेको छपाइ धमाधम भइरहेको निर्वाचन आयोगले जनाएको छ। आयोगले सबैभन्दा ठूलो मतपत्र काठमाडौँका लागि ५६ लहरको छापेको छ भने सबैभन्दा कम डोल्पामा १६ लहरको मात्रै रहेको छ। आयोगका […]
नेकपा एमालेले कर्णाली प्रदेशबाट राष्ट्रियसभाको चुनावका लागि तीन जना उम्मेदवार चयन गरेको छ । राष्ट्रियसभा चुनावका लागि जुम्लाकी गंगा महत, सुर्खेतका चुडामणि शर्मा र दैलेखका पदम माझी उम्मेदवार चयन गरेको हो । राष्ट्रियसभाका लागि नौ जनाको नाम केन्द्रमा सिफारिस गरेका मध्येबाट दुई जना र अल्पसंख्यकबाट माझीलाई उम्मेदवार चयन गरिएको एमालेका कर्णाली प्रदेश इन्चाज यामलाल कँडेलले बताए । राष्ट्रियसभाका सदस्य रहेको कालिकोटका जीवन बुढा (माओवादी केन्द्र) रुकुम पश्चिमका ठगेन्द्रप्रकाश पुरी (एकीकृत समाजवा