उपल्लो डोल्पामा कर्मचारी पठाउन हेलिकोप्टर माग

सुर्खेत– असोजमै हिउँले सेताम्य भएका यहाँका विभिन्न नाकामा चुनावका लागि कर्मचारी परिचालन गर्न समस्या देखिएको छ। उपल्लो डोल्पाका डोल्पोबुद्ध, शे फोक्सुण्डो र छार्काताङसोङ गाउँपालिकामा चुनावका लागि कर्मचारी परिचालनमा समस्या देखिएको हो ।  शेफोक्सुण्डो गाउँपालिका वडा नम्वर १,२ र ३ बाहेक अन्य सबै ठाउँमा रहेका मतदान केन्द्रमा हेलिकोप्टरको व्यवस्था नभएमा कर्मचारी परिचालन गर्न मुस्किल हुने डोल्पाका […]

सम्बन्धित सामग्री

उपल्लो डोल्पामा  कर्मचारी लिन उडेको सेनाको हेलिकप्टर बीच बाटोबाटै फर्कियो

सुर्खेत : उपल्लो डोल्पामा अलपत्र कर्मचारी लिन सदरमुकाम दुनैबाट उडेको सेनाको हेलिकप्टर बीच बाटोबाटै फर्किएको छ। बीच बाटो पुगेपछि हावाको चाप बढेपछि फोक्सुन्डो तालबाट हेलिकोप्टर फर्किएको प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले जानकारी दिए।उपल्लो डोल्पाका विभिन्न ठाउँमा चुनाव गराउन गएका करिब १५० कर्मचारी अलपत्र परेको उनले बताए। हेलिकप्टर डोल्पामै रहेकाले पुनः उपल्लो डोल्पा पठाउन प्रयास गरिने बताइएको छ।