दाङ : पाँच वटा मतदान केन्द्रमा महिला कर्मचारी मात्रै खटाइने, सुरक्षाकर्मी पनि महिलामात्रै राखिने

दाङ - दाङमा पालिका चुनावका लागि खटिने कर्मचारीहरुको जिम्मेवारी बाँडफाँट भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराहीले प्रत्येक मतदान स्थलमा खटिने कर्मचारीहरुको विवरण सार्वजनिक गरेको हो । दाङमा एक सय ५३ मतदान स्थल र ४ सय ६१ मतदान केन्द्र तोकिएको छ । प्रत्येक मतदान केन्द्रमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत, २ जना सहायक कर्मचारी र एक जना सहयोगी खटाइएको छ । यसरी एउटा मतदान केन्द्रमा ५ जना सरकारी कर्मचारी हुनेछन् भने ३ जना स्वयम्सेवक खटिने छन् । यसैबीच दाङमा ५ वटा मतदान केन्द्रमा चुनाव गर...

सम्बन्धित सामग्री

दाङका चार वटा मतदान केन्द्र महिला कर्मचारीकाे जिम्मामा

दाङ - आइतवार भोलि हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि दाङको चार मतदान स्थलमा महिला कर्मचारीहरु मात्रै खटिने भएका छन् । चार मतदान स्थलमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, सहयोगी र सुरक्षाकर्मी पनि  सबै महिला नै खटिने भएका हुन् । मतदान अधिकृतदेखि सहयोगीसम्म महिला मात्रैलाई जिम्मेवारी दिइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । घोराही उपमहानगरपालिका–१८ मा रहेकाे आधारभूत विद्यालय बेलघारीको मतदान केन्द्र (क), त्यही विद्यालयको केन्द्र (ख), घोराह...