कर्मचारीलाई आयोगको निर्देशन : वैशाख १५ भित्र मतदान केन्द्रमा पुग्नू

काठमाडौं : निर्वाचन आयोगले सरुवा, काज वा पदस्थापना भएका कर्मचारीहरू तोकिएको स्थानमा नगएको भन्दै अनिवार्य हाजिर हुन निर्देशन दिएको छ। आयोगले आइतबार विज्ञप्ति जारी गर्दै स्थानीय चुनावका लागि खटाइएका कर्मचारीहरू तोकिएको मतदान स्थलमा नपुगेको सूचना पाएको भन्दै अनिवार्य हाजिर हुन उनीहरूलाई निर्देशन दिएको हो।खटाइएको कार्यक्षेत्रमा नपुगेका कर्मचारीलाई वैशाख १५ गतेभित्र अनिवार्य रुपमा मतदान केन्द्रमा हाजिर हुन पठाउन सरोकारवाला कार्यालयहरूलाई समेत आयोगले निर्देशन दि