ललितपुर : अन्तर्राष्ट्रिय समुदायमाझ गरेको बाघ दोब्बर बनाउने लक्ष्यबाट नेपाल थोरैमात्र टाढा छ।नेपालले यही गतिमा बाघको संख्या बढाउँदै गए नेपाल संसारकै बाघ दोब्बर पार्ने पहिलो मुलुक बन्ने पक्का छ। बिहीबार 'बाघको अस्तित्व मानवको दायित्व' नारासहित विश्व बाघ दिवस मनाइसक्दा सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा बाघ पाइने १३ वटा देशहरू माझ गरेको बाघको संख्या दोब्बर पार्ने लक्ष्यतर्फ सबैको ध्यान गइरहेको छ।त्यत्ति बेला १ सय २१ वटा बाघ रहेकोमा नेपालले सन् २०२२ सम्म २ सय ५० पुर्या