बाटो आडमा विश्राम गर्दै गैंडा

गैंडा दुर्लभ वन्यजन्तु हो  । तर सौराहा आसपासको दृश्य अलि फरक हुन्छ । विभिन्न समयमा उद्धार गरेर मान्छेको स्याहार पाएका गैंडाहरू वनमा भन्दा बस्ती आसपासमा बढी भेटिन्छन् । गैंडा, बाघ हेर्न भनेरै देश विदेशबाट चितवन निकुञ्ज आउने पर्यटक निकुञ्जको मुख्य प्रवेशद्वार सौराहामा गैंडा मजैले हिँडेको देख्दा छक्क पर्छन् ।