न्युजील्यान्डको एक सुपरमार्केटमा सोमवार एक पुरुषले जथाभावी चक्कु प्रहार गर्दा पाँचजना घाइते भएको अधिकारीहरूले जनाएका छन् ।
आरोपितलाई पक्राउ गरेर हिरासतमा लिइएको प्रहरीको भनाइ छ । डुनेडिन शहरको काउन्टडाउन सुपरमार्केटमा घटना भएको हो । घाइते हुनेमध्ये दुईजना उक्त सुपरमार्केटका कर्मचारी थिए ।
आक्रमण किन गरिएको स्पष्ट नभएको प्रधानमन्त्री जासिन्दा आर्डर्नले बताइन् । यो घरेलु आतंकवादको घटना भएको पुष्टि गर्ने कुनै प्रमाण फेला नपरेको प्रहरीको भनाइ छ ।
आर्डर्नका अनुसार, पाँचजनालाई डुनेडिन अस्पतालमा उपचारका लागि लगिएको छ...