चालु आर्थिक वर्ष २०७८/७९ को साउन महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १.६ प्रतिशतले घटेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ०.१ प्रतिशतले घटेको थियो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउन महिनाको आर्थिक तथा वित्तीय स्थिती अनुसार वार्षिक बिन्दुगत आधारमा २०७८ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १९.६ प्रतिशतले
बढेको छ ।
२०७८ साउनमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ७.८ प्रतिशत, ३४.३ प्रतिशत र ४९.५ प्रतिशत रहेको छ ।...