वाणिज्य बैंकको निक्षेप एक महिनामै ३५ अर्ब घट्यो, कर्जा प्रवाह भने ३६ अर्ब बढी

नेपालका २७ वाणिज्य बैंकहरूको निक्षेप कात्तिक महिनामा ३५ अर्ब ३१ करोड रुपैयाँले घटेको छ । तर, कर्जा प्रवाह भने ३६ अर्ब १२ करोड रुपैयाँले बढेको छ । यो हिसाब हेर्दा पछिल्लो महिना बैंकहरूमा निक्षेप निरन्तर घटिरहेको र कर्जा प्रवाह यसको ठिक विपरीत अर्थात् बढिरहेको पाइएको छ ।कात्तिक महिनाभर वाणिज्य बैंकहरूले कूल ३५ अर्ब ३१ करोड रुपैयाँ बराबर कर्जा प्रवाह गरेका हुन् । यो महिनामा सबै वाणिज्य बैंकमा कूल ४२ खर्ब ३३ अर्ब ३४ करोड रुपैयाँ निक्षेप जम्मा भएको हो । यसैगरी, ४० खर्ब ३४ अर्ब ३४ करोड रुपैयाँ कर्जा म

सम्बन्धित सामग्री

एक सातामै बैंकमा निक्षेप संकलन र कर्जा प्रवाह दुवै घट्यो

काठमाडौं । दसैंपछिको एक साताको अवधिमा बैंकमा निक्षेप संकलन र कर्जा प्रवाह दुवै घटेको छ । असोज तेस्रो साता बैंकको निक्षेप ७ अर्ब रुपैयाँ र कर्जा प्रवाहमा ४ अर्ब रुपैयाँको गिरावट आएको नेपाल बैंकर्स संघले जनाएको छ । बैंकर्स संघको तथ्यांकअनुसार अघिल्लो महिना गत भदौको तेस्रो साताबाट बढ्न थालेको बैंकको निक्षेप असोज तेस्रो सातामा आइपुग्दा […] The post एक सातामै बैंकमा निक्षेप संकलन र कर्जा प्रवाह दुवै घट्यो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बैंकको निक्षेप घट्ने क्रम जारी, साउन लागेपछि ९५ अर्ब घट्यो

साउनको तेस्रो साता बैंकिंङ प्रणालीमा निक्षेप घटेको छ । एक सातामा बाणिज्य बैंकहरुको निक्षेप ४ अर्बले घटेको बैंकर्स संघले जनाएको छ ।संघका अनुसार साउन १३ गते बैंकहरुको निक्षेप ४४ खर्ब ५० अर्ब रहेकोमा साउन २० गतेसम्ममा बैंकहरुको निक्षेप ४ अर्बले घटेर ४४ खर्ब ४६ अर्ब पुगेको छ । यस अवधिमा कर्जा प्रवाह भने २ अर्बले बढेको छ । संघका अनुसार साउन १३  गते बैंकहरुको कर्जा प्रवाह ४१ खर्ब ६४ अर्ब रहेकोमा साउन २० गतेसम्ममा बैंकहरुको कर्जा प्रवाह २ अर्बले बढेर ४१ खर्ब ६६ अर्ब पुगेको छ । यस अवधिमा  बैंकहरुको सिडी रेसियो ८७.६९ प्रतिशत रहेको संघले जनाएको छ । साउन महिना सुरु भएपछिको ३ साताको अवधिमा बैंकको निक्षेप ९५ अर्बले घटेको छ।  असार ३२ गते बैंकहरुको निक्षेप ४५ खर्ब ४१ अर्ब रहेकोमा साउन २० गतेसम्मको अवधिमा बैंकहरुको निक्षेप घटेर  ४४ खर्ब ४६ अर्ब पुगेको हो।

निक्षेप संकलन र कर्जा प्रवाहमा नेपाल बैंक पहिलो

५ जेठ, काठमाडौं । नेपाल बैंक लिमिटेडले निक्षेप संकलन तथा कर्जा विस्तार दुवैमा उच्च वृद्धि गरेको छ । वैशाखमा नेपालका २७ वटा वाणिज्य बैंकमध्ये निक्षेप संकलन तथा कर्जा प्रवाह वृद्धिको आधारमा नेपाल बैंक प्रहिलो स्थानमा रहेको कम्पनीले दाबी गरेको छ । वैशाख महिनासम्म नेपाल बैंकको निक्षेप २४.३५ प्रतिशतले वृद्धि भएको छ । कर्जा विस्तार ३१.९८ […]

निक्षेप संकलन र कर्जा प्रवाहमा नेपाल बैंक पहिलो

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले निक्षेप संकलन तथा कर्जा बिस्तार दुबैमा उच्च बृद्धि गरेको छ । गत बैशाख महिनामा नेपालका २७ वटा बाणिज्य बैंकहरुमध्येकै निक्षेप संकलन तथा कर्जा प्रवाह बृद्धिको आधारमा नेपाल बैंक प्रथम स्थानमा रहेको देखिएको हो । गत बैशाख महिनासम्ममा नेपाल बैंकको निक्षेप २४.३५ प्रतिशतले बृद्धि भएको देखिन्छ भने कर्जा विस्तार ३१.९८ प्रतिशतले बृद्धि भएको देखिन्छ । २७ बाणिज्य बैंकहरुमध्येकै १९ वटा बाणिज्य बैंकहरुको निक्षेप बृद्धि भएको छ भने ८ वटा बाणिज्य बैंकहरुको नि

७ दिनमा वाणिज्य बैंकहरुको निक्षेप २ अर्ब बढ्यो, २ अर्ब नै कर्जा प्रवाह

गत साता वाणिज्य बैंकको निक्षेप र कर्जाको वृद्धि समान देखिएको छ । गत साता वाणिज्य बैंकहरुको निक्षेप २ अर्बले बढ्दा कर्जा प्रवाह पनि २ अर्बले नै बढेको छ । चैत्र ४ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब २८ अर्ब रहेकोमा चैत्र ११ गतेसम्म बैंकहरुको निक्षेप २ अर्ब बढेर ४३ खर्ब ३० अर्ब कायम भएको छ ।  यस अवधिमा नेपाली मुद्राको निक्षेप २ अर्ब घटेको छ भने विदेशी मुद्राको निक्षेप ५ अर्बले बढेको छ ।त्यस्तै यस अवधिमा बैंकहरुको कर्जा प्रवाह २ अर्बले बढेको छ । चैत्र ४ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा ४१ खर्ब ६८ अर्ब रहेकोमा चैत्र  ११ गतेसम्म बैंकहरुको कर्जा घटेर ४१ खर्ब ७० अर्ब कायम भएको छ ।  यस अवधिमा नेपाली मुद्राको कर्जा १ अर्ब बढेको छ भने विदेशी मुद्राको कर्जा १ अर्बले घटेको छ ।माघ महिनाको तुलनामा फागुन महिनामा वाणिज्य बैंकहरुको निक्षेप २२ अर्बले बढेको थियो । माघ मसान्तसम्म अर्थात् माघ २९ गतेसम्म बैंकहरुको निक्षेप ४३ खर्ब ११ अर्ब रहेकोमा फागुन मंसत अर्थात् फागुन ३० गतेसम्म बैंकहरुको निक्षेप बढेर ४३ खर्ब ३३ अर्ब पुगेको थियो  । त्यस्तै फागुन महिना भर वाणिज्य बैंकहरुले १७ अर्ब कर्जा प्रवाह गरेका थिए ।  माघ मसान्तसम्म अर्थात् माघ २९ गतेसम्म बैंकहरुको कर्जा ४१ खर्ब ५५ अर्ब रहेकोमा फागुन  मसान्त अर्थात् फागुन ३० गतेसम्म बैंकहरुको  कर्जा बढेर ४१ खर्ब ७२ अर्ब पुगेको थियो  ।    फागुन महिनाको लागि ब्याज बढाएका  बैंकहरुले चैत्र महिनाको लागि ब्याजदर स्थिर राखेका छन् ।

निक्षेप संकलन र कर्जा प्रवाह दुवैमा नेपाल बैंक पहिलो

नेपाल बैंकले निक्षेप संकलन तथा कर्जा बिस्तार दुवैमा उच्च वृद्घि गरेको छ ।गत फागुन महिनामा नेपालका २७ वटा बाणिज्य बैंकमध्ये निक्षेप संकलन तथा कर्जा प्रवाह वृद्घिको आधारमा आफू प्रथम स्थानमा रहेको बैंकले दावी गरेको छ । गत फागुन महिनामा बैंकको निक्षेप २०७८ असार मसान्तको तुलनामा २१.६७ प्रतिशतले वृद्घि भएको देखिन्छ भने कर्जा विस्तार ३०.३५ प्रतिशतले […]

नेपाल बैंकको निक्षेप–कर्जामा उच्च वृद्धि

काठमाडौं (अस) । नेपाल बैंकले निक्षेप संकलन तथा कर्जा विस्तार दुवैमा उच्च वृद्घि गरेको छ । गत फागुनमा नेपालका २७ वाणिज्य बैंकमध्ये निक्षेप संकलन तथा कर्जा प्रवाह वृद्घिको आधारमा नेपाल बैंक पहिलो स्थानमा रहेको बताइएको छ । गत फागुननेपाल बैंकको निक्षेप २१.६७ प्रतिशतले बढेको छ भने कर्जा विस्तार ३०.३५ प्रतिशतले वृद्घि भएको छ । २७ मध्ये १७ वटा वाणिज्य बैंकको निक्षेप वृद्घि भएको छ भने १० वटा वाणिज्य बैंकको निक्षेपमा ह्रास आएको छ । वाणिज्य बैंकको औसत निक्षेप वृद्घिदर ५ प्रतिशत रहेको छ । त्यसैगरी २७ वटै वाणिज्य बैंकको कर्जा विस्तारमा वृद्घि भएको छ । औसतमा वाणिज्य बैंकको कर्जा विस्तारमा १६ प्रतिशतको बृद्घि भएको छ । हाल वाणिज्य बैंकहरुसँग कुल निक्षेप ४३ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ भने कुल ऋण ४१ खर्ब ७२ अर्ब पुगेको छ । फागुनमा मात्रै बाणिज्य बैंकहरुको निक्षेप २२ अर्बले बढेको छ भने कर्जा प्रवाह १७  अर्ब रुपैयाँले विस्तार भएको छ । नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांकअनुसार यस अवधिमा १९ वटा वाणिज्य बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) राष्ट्र बैंकले तोकेको सीमा ९० प्रतिशतभन्दा बढी रहेको छ भने नेपाल बैंकको कर्जा निक्षेप अनुपात भने ९०.०३ प्रतिशत छ । हाल बैंकले २१३ शाखा, १४७ एटीएम, ४७ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

नेपाल बैंकको निक्षेप संकलन तथा कर्जा विस्तारमा वृद्धि

नेपाल बैंकले निक्षेप संकलन तथा कर्जा विस्तार दुबैमा वृद्धि भएको जनाएको छ ।  फागुन महिनामा २७ वटा बाणिज्य बैंकहरुमध्ये निक्षेप संकलन तथा कर्जा प्रवाह वृद्धिको आधारमा नेपाल बैंक प्रथम स्थानमा रहेको हो ।  गत फागुन महिनामा नेपाल बैंकको निक्षेप २०७८ असार मसान्तको तुलनामा २१.६७ प्रतिशतले बृद्धि भएको देखिएको छ भने कर्जा विस्तार ३०.३५ प्रतिशतले बृद्धि भएको छ ।  २७ बाणिज्य बैंकहरुमध्ये १७ वटा बाणिज्य बैंकहरुको निक्षेप बृद्धि भएको छ भने १० वटा बाणिज्य बैंकहरुको निक्षेपमा गिरावट भए

सिभिल बैंकको वित्तीय प्रगति उत्साहजनक

सिभिल बैंकले आर्थिक वर्ष २०७७/०७८ मा कर्जा तथा ऋण लगानीमा उल्लेख्य वृद्धि गरेको जनाएको छ । गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा बैंकको निक्षेप ६१.९६ प्रतिशतले बढेको छ । यसैगरी कर्जा प्रवाह ५४.६७ प्रतिशतले बढेको छ । बैंकले समीक्षा अवधिसम्ममा ८७.८९ अर्ब निक्षेप संकलन गरी ८१.४४ अर्ब कर्जा प्रवाह गरेको जनाएको छ ।गत वर्ष यही […]

सिभिल बैंकको नाफा बढ्यो, कर्जा तथा ऋण लगानीमा पनि उल्लेख्य वृद्धि

काठमाडौं । सिभिल बैंकले आर्थिक वर्ष २०७७/७८ मा कर्जा तथा ऋण लगानीमा उल्लेख्य वृद्धि गरेको छ । गत आर्थिक वर्षको चैत्र मसान्तको तुलनामा सिभिल बैंकको निक्षेप ६१.९६५ ले बढेको छ भने कर्जा प्रवाह ५४.६७%ले बढेको छ । बैंकले समीक्षा अवधि सम्ममा ८७.८९ अर्ब निक्षेप संकलन गरी ८१.४४ अर्ब कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिसम्म बैंकले ५४.२६ अर्ब निक्षेप संकलन गरी ५२.६५ अर्ब कर्जा प्रवाह गरेको थियो । सिभिल बैंकले यस आर्थिक वर्षमा निक्षेप तर्फ २७.७६ अर्व वृद्धि गरेको छ जुन असार मसान्तको निक्षेपको