मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध नेपाली कांग्रेस र माओवादी केन्द्रले अविश्वासको प्रस्ताव दर्ता गराएको छ।आज दर्ता भएको अविश्वास प्रस्तावमा नयाँ मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ। लुम्बिनी प्रदेश सभाका सचिव दुर्लभकुमार पुन मगरले देखापढीसँग भने, ‘अविश्वासको प्रस्ताव दर्ता गरिएको छ, नयाँ मुख्यमन्त्रीमा माओवादी संसदीय दलका नेता कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको हो।’

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेश : शंकर पोखरेलको विकल्प साँघुरिँदै

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल आफ्नो नेतृत्वको सरकारमाथि आइपरेको संकट टार्ने अनेक प्रयासमा लागे पनि अन्ततः उनका लागि निराशाजनक परिणाममात्र हात लागेको छ ।प्रदेश प्रमुख अमिक शेरचनले विपक्षी गठबन्धनको माग अनुरुप साउन २७ गतेका लागि प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेका छन् । विपक्षी गठबन्धनले मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरिसकेका छन् ।प्रदेशसभाको विशेष अधिवेशन आह्वानविरुद्ध प्रदेश सरकारका तर्फबाट सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्ने प्रयास भए पनि अन्

लुम्बिनीमा अविश्वास प्रस्तावपछि प्रदेश प्रमुखसमक्ष विशेष अधिवेशन माग

बुटवल– लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनका लागि विपक्षी गठबन्धनले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष समावेदन गरेका छन् । मंगलबार प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेलगत्तै विपक्षी गठबन्धनका नेताहरूले प्रदेश प्रमुखको कार्यालय पुगेर विशेष अधिवेशनको माग गरेका हुन् ।यसअघि विपक्षी गठबन्धनका नेताहरूले सोमबार प्रदेश प्रमुख शेरचनसमक्ष संविधानको धारा १६८ को उपधारा २ बमोजिमको सरकार […]

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरेका छन् ।  अविश्वास प्रस्तावमा ३४ जना सांसदहरुको हस्ताक्षर छ । विगतमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको तर उक्त प्रस्ताव प्रक्रियामा जानु अघि नै मुख्यमन्त्रीले राजीनामा दिएको भन्दै विपक्षी गठबन्धनले तत्कालीन प्रदेश प्रमुखबाट पुनः असंवैधानिक रुपमा पोखरेललाई नै मुख्यमन्त्री नियुक्त गरिएको आरोप लगाएका छन् ।प्रदेशसभाका ३४ सदस्यले संविधानको धारा

लुम्बिनी प्रदेश : माओवादीका २ मन्त्रीले दिए राजीनामा

लुम्बिनी प्रदेशमा नेकपा माओवादीले मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । समर्थन फिर्ता लिएसँगै माओवादीका दुई मन्त्रीले पनि राजीनामा दिएका छन् । आज नै कांग्रेस, माओवादी र जसपासहितका ४१ प्रदेश सभा सदस्यको हस्ताक्षरमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको थियो ।