चलचित्र विकास बोर्डले विश्वप्रसिद्ध पर्यटकीय नगरी कास्कीको पोखरास्थित कास्कीकोटमा चलचित्र स्टुडियो बनाउन अध्ययन सुरु गरेको छ । बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीसहित बोर्डको टिमले हालै ऐतिहासिक स्थल कास्कीकोटको अवलोकन गर्दै स्टुडियो बनाउन अध्ययन भैरहेको अध्यक्ष केसीले जानकारी दिनुभएको हो । पोखरामा शनिबार आयोजित कार्यक्रममा केसीले कास्कीकोटमा फिल्म स्टुडियो बनाउन अध्ययन भइरहेको र बोर्डको टोलीले शुक्रबार …