२४ भदौ, काठमाडौं । बिहीबार बितेकी बेलायती महारानी एलिजाबेथ द्वितीयले दुईपल्ट नेपाल भ्रमण गरेकी थिइन् । राजा महेन्द्रका पालामा पहिलोपटक, अनि वीरेन्द्र छँदा दोस्रोपटक । तिनै एलिजाबेथले वीरेन्द्र राजा हुँदाका बखत नेपालको तत्कालीन राजपरिवारलाई उपहार दिएको बग्गी हाल नारायणहिटी दरबारमा हेर्न पाइन्छ । सुनाैलो रंगको उक्त बग्गी बेलायतकी महारानी एलिजाबेथले २०३१ सालमा तत्कालीन राजा वीरेन्द्रलाई […]