बेलायती महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि अन्तर्गत शवयात्रा भइरहेको छ । वेस्टमिन्स्टर एबीमा अन्तिम संस्कार समारोहपछि महारानीको शव पेटिकालाई लन्डन हाइड पार्क कोर्नरमा रहेको वेलिङ्टन आर्चमा लगिँदैछ । बाटोमा सैनिक तथा प्रहरीहरू लामबद्ध छन् । शवयात्रा बिस्तारै लन्डनमा अघि बढ्दा वेस्टमिन्स्टर प्यालेसमा रहेको घडी बिग बेनको घण्टी एक–एक मिनेटको फरकमा बजिरहेको छ ।
यसअघि वेस्टमिन्स्टर एबीमा उहाँको कफिनमा ब्रिटेनको राष्ट्रिय झण्डा ओडाइएको छ । त्यसको माथि साम्राज्यको स्टेट श्रीपेच राखिएको छ । शाही नौसेना नाविकहरूले बन्दुकको बग्गी ता...