शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (वैदेशिक अध्ययन अनुमति शाखा) ले विद्यार्थीहरुलाई युक्रेन जान रोक लगाएको छ । मन्त्रालयले मंगलबार एक सूचना जारी गरी अर्को सूचना नभएसम्मका लागि युक्रेनमा अवस्थित विश्वविद्यालयमाहरुमा अध्ययन गर्न दिइने अनुमति पत्र 'नो अब्जेक्सन लेटर' हाललाई स्थगन गरेको जनाएको हो ।