छिमेक लघुवित्तको तेस्रो त्रैमासम्मको खुद नाफा करीब ७२ करोड

वैशाख २६, काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. ७१ करोड ७१ लाखभन्दा बढी खुद नाफा गरेको छ ।  गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफा करीब २५ प्रतिशत कम भएको हो । गत वर्ष यस अवधिसम्म रू. ९५ करोड ५९ लाखभन्दा बढी खुद नाफा कम्पनीले गरेको थियो । यस वर्ष कम्पनीको सञ्चालन नाफा साढे १९ प्रतिशत कम रू. १ अर्ब १२ करोड भएको छ । २७ प्रतिशत बोनस शेयरमार्फत चुक्तापूँजी बढाएर रू. २ अर्ब ३२ करोड ४१ लाख पुर्‍याएको कम्पनीको शेयर प्रिमियममा रू. ४ करोड ९ लाखभन्दा बढी रहेको छ भने रिटेन्ड अर्निङ रू. १ अर्ब २४ करोड ७८ लाखभन्दा बढी छ ।  कम्पनीको जगेडा कोषमा भने रू. २ अर्बभन्दा बढी रहेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा रू. ५५ करोड ९३ लाखभन्दा बढी रहेको छ । यस वर्ष कर्जा सापटी १२ दशमलव २७ प्रतिशत कम रहेको कम्पनीले करीब १५ प्रतिशत बढी निक्षेप संकलन गरेको छ भने २९ दशमलव ३८ प्रतिशत बढी कर्जा प्रवाह गरेको छ । कम्पनीले यस वर्ष रू. ५ अर्ब ४५ करोडभन्दा बढी कर्जा सापटी लिएको छ भने रू. ३२ अर्ब २० करोडभन्दा बढी कर्जा प्रवाह गरेको छ । निक्षेप संकलन भने कम्पनीको रू. २५ अर्ब ७९ करोड ३२ लाखभन्दा बढी छ ।  गत वर्ष शून्य दशमलव ५५ रहेको निष्क्रिय कर्जा यस वर्ष शून्य दशमलव ९१ प्रतिशत पुगेको छ । यस अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. ४१ दशमलव १४ र प्रतिशेयर नेटवर्थ रू. २४१ दशमलव ६८ छ । मूल्य आम्दानी अनुपात २७ दशमलव २० गुणा छ ।

सम्बन्धित सामग्री

छिमेक लघुवित्तको नाफा यस वर्ष साढे २१ प्रतिशत घट्यो

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले ४३ करोड ६२ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको यसै अवधिसम्मको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा २१ दशमलव ५५ प्रतिशत कम भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले ५५ करोड ६० लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । दोस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा १ अर्ब २८ करोड ९३ लाख रूपैयाँभन्दा बढी रहेको छ । यस वर्ष इम्पेरमेन्ट चार्ज बढ्दा खुद नाफा घट्न पुगेको हो । गत वर्ष २० करोड २९ लाख रूपैयाँभन्दा बढी रहेको इम्पेरमेन्ट चार्ज यस वर्ष २४ करोड ८ लाख रूपैयाँभन्दा बढी रहेको छ । हाल कम्पनीको चुक्तापूँजी २ अर्ब ९७ करोड ७१ लाख ७२ हजार रूपैयाँ रहेको छ । शेयर प्रिमियम ४ करोड रूपैयाँभन्दा बढी रहेको कम्पनीको रिटेन्ड अर्निग १ अर्ब २८ करोड ९३ लाख रूपैयाँभन्दा बढी रहेको छ । जगेडा कोष रकम २ अर्ब ५८ करोड रूपैयाँभन्दा बढी रहेको छ । दोस्रो त्रैमाससम्म कम्पनीले ३१ अर्ब ८८ करोड ९६ लाख रूपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ भने ३१ अर्र्ब ८७ करोड ६१ लाख रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । प्रतिशेयर आम्दानी २९ रूपैयाँ ३० पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ २३१ रूपैयाँ ५२ पैसा रहेको छ । रिपाेट हेर्न यहाँ क्लिक गर्नुहाेस

छिमेक लघुवित्तको नाफामा ३२ प्रतिशतको गिरावट

२४ कात्तिक, काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाको नाफा ३२ प्रतिशत घटेको छ । कम्पनीले गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३२ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएकोमा यो वर्षको सो अवधिमा २२ करोड ११ लाख खुद नाफा कमाएको छ । कम्पनीको खुद ब्याज आम्दानी पहिले ७३ करोड ९९ लाख रुपैयाँ रहेकोमा अहिले ७२ करोड […]

छिमेक लघुवित्तले घोषणा गर्‍यो ३० % लाभांश

मंसिर २, काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/ ७८ को मुनाफाबाट कुल ३० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।  कम्पनीको मंसिर १ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा २७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ३ प्रतिशत नगद लाभांश वितरणको प्रसताव गरेको हो । प्रस्तावित यो लाभांश  नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । यो पनि हेर्नुस् : छिमेक लघुवित्तले कमायो २१ करोडभन्दा बढी नाफा छिमेक लघुवित्तको खुद नाफा १ अर्बभन्दा बढी, ५७ करोड खराब कर्जा संकलन तेस्रो त्रैमासमा छिमेक लघुवित्तको खुद नाफा रू. ९५ करोड ५९ लाखभन्दा बढी

तेस्रो त्रैमासमा छिमेक लघुवित्तको खुद नाफा रू. ९५ करोड ५९ लाखभन्दा बढी

वैशाख १४, काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले चालू आवको तेस्रो त्रैमाससम्ममा रू. ९५ करोड ५९ लाख नाफा कमाएको छ । यो नाफा गत आवको यसै अवधिको तुलनामा ५९ दशमलव ८९ प्रतिशतले वृद्धि भएको हो । कम्पनीले गत आवको तेस्रो त्रैमासमा रू.५९ करोड ७८ लाख नाफा कमाएको थियो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफमा वृद्धि भएकाले नाफा बढेको हो । गत आवको तेस्रो त्रैमासको तुलनामा कम्पनीको खुद ब्याज आम्दानी २० प्रतिशत र सञ्चालन नाफा ६७ प्रतिशतले वृद्धि भएको छ । चुक्तापूँजी रू. १ अर्ब ८३ करोड रहेको उक्त कम्पनीले जगेडा कोषमा रू. २ अर्ब ९० करोड सञ्चित गरेको छ ।  चालू आवको तेस्रो त्रैमाससम्ममा  कम्पनीले रू. ६ अर्ब ३५ लाख सापटि लिएर, रू. २१ अर्ब ८२ करोड १७ लाख निक्षेप संकलन गरेर रू. २६ अर्ब ४२ करोड २६ लाख कर्जा लगानी गरेको छ ।  त्यसैगरी सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी रू. ६९ दशमलव ६५, मूल्य आम्दानी अनुपात २५ दशमलव ५८,तरलता अनुपात २३ दशमलव ७७ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. २५८ दशमलव ५२ रहेको छ । हालसम्ममा कम्पनीले ६७ ओटा जिल्लामा १७३ ओटा शाखा कार्यालयहरुबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।