छिमेक लघुवित्तको नाफा यस वर्ष साढे २१ प्रतिशत घट्यो

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले ४३ करोड ६२ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको यसै अवधिसम्मको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा २१ दशमलव ५५ प्रतिशत कम भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले ५५ करोड ६० लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । दोस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा १ अर्ब २८ करोड ९३ लाख रूपैयाँभन्दा बढी रहेको छ । यस वर्ष इम्पेरमेन्ट चार्ज बढ्दा खुद नाफा घट्न पुगेको हो । गत वर्ष २० करोड २९ लाख रूपैयाँभन्दा बढी रहेको इम्पेरमेन्ट चार्ज यस वर्ष २४ करोड ८ लाख रूपैयाँभन्दा बढी रहेको छ । हाल कम्पनीको चुक्तापूँजी २ अर्ब ९७ करोड ७१ लाख ७२ हजार रूपैयाँ रहेको छ । शेयर प्रिमियम ४ करोड रूपैयाँभन्दा बढी रहेको कम्पनीको रिटेन्ड अर्निग १ अर्ब २८ करोड ९३ लाख रूपैयाँभन्दा बढी रहेको छ । जगेडा कोष रकम २ अर्ब ५८ करोड रूपैयाँभन्दा बढी रहेको छ । दोस्रो त्रैमाससम्म कम्पनीले ३१ अर्ब ८८ करोड ९६ लाख रूपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ भने ३१ अर्र्ब ८७ करोड ६१ लाख रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । प्रतिशेयर आम्दानी २९ रूपैयाँ ३० पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ २३१ रूपैयाँ ५२ पैसा रहेको छ । रिपाेट हेर्न यहाँ क्लिक गर्नुहाेस 

सम्बन्धित सामग्री

छिमेक लघुवित्त : नाफा २६ प्रतिशत घट्यो, निष्क्रिय कर्जा बढ्यो

२८ वैशाख, काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाको नाफा २६ प्रतिशत घटेको छ । कम्पनीले सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ६४ करोड ३७ लाख रुपैयाँ छ । गत आवको सोही अवधिमा यस्तो …

दोस्रो त्रैमासमा छिमेक लघुवित्तको नाफा १९% घट्यो, प्रतिशेयर आम्दानी रू. ४२.८९

माघ २१, काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १९ प्रतिशत घटेको छ ।  कम्पनीले गत आवको दोस्रो त्रैमासमा रू. ६१ करोड ५४ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा घटेर रू. ४९ करोड ८४ लाखमा सीमित भएको हो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको सञ्चालन नाफा घटेकाले नाफा घटेको हो ।  सञ्चालन नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १९ प्रतिशत घटेको छ । त्यसैगरी कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. १ अर्ब १२ करोड खुद ब्याज आम्दानी गरेको छ । यो आम्दानी गत आवको दोस्रो त्रैमासको तुलनामा १३ प्रतिशत वृद्धि भएको हो ।  गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. ९८ करोड ४१ लाख खुद ब्याज आम्दानी गरेको थियो । चालू आवको दोस्रो त्रैमासमा नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवको दोस्रो त्रैमासमा कम्पनीको आम्दानी रू. ६७ दशमलव २७ रहेकोमा चालू आवको सोही अवधिमा घटेर रू. ४२ दशमलव ८९ मा झरेको हो ।  कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ३२ करोड रहेको छ भने जगेडामा रू. १ अर्ब २८ करोड, रिटेण्ड अर्निङमा रू. १ अर्ब ७ करोड र शेयर प्रिमियममा रू. ४ करोड ९ लाख सञ्चित गरेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ३२ दशमलव १३ गुणा, तरलता अनुपात २६ दशमलव १७ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. २०३ दशलमव २६ रहेको छ ।