नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी (नेविसंघ) वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ७५३ सदस्यीय केन्द्रीय परिचालन समिति गठन गरेको छ । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले स्थानीय निर्वाचनमा काँग्रेसका उम्मेदवारलाई व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन समिति गठन गरिएको बताए ।७५३ स्थानीय तहलाई लक्षित गरी नेविसंघले केन्द्रीय परिचालन समिति गठन गरेको देखिन्छ । नेविसंघको परिचालन समितिले पार्टीको चुनावी अभियान सफल पार्न र काँग्रेसका उम्मेदवारलाई विजय गराउन महत्वपूर्ण भूमिका