हालै रिलिज भएको सनी लियोनीको गीत ‘मधुवन’लाई लिएर विवाद जारी छ ।
सोही विवादका बीच अब सो गीत ‘मधुवन’को बोल र नाम परिवर्तन हुने भएको छ ।
संगीत निर्माण कम्पनी सारेगमले गीतको बोल र नाम परिवर्तन हुने जनाएको छ ।
यो गीतलाई लिएर मध्यप्रदेशका गृहमन्त्री निरोत्तम मिश्राले हिन्दूहरूको धार्मिक भावनामाथि ठेस पुगेको आरोप लगाएका थिए ।
उनले अभिनेत्री सनी लियोनीलाई माफी माग्नुपर्ने र गीत ‘मधुवन’ तीन दिनभित्र फिर्ता लिनुपर्ने नत्र कारवाही गर्ने चेतावनी पनि दिए...