पुस २९, काठमाडौं । साताको अन्तिम दिन बिहीवार बजार खुलेको करीब डेढ घण्टाको अवधिमा कारोबारमा आएका २१२ ओटा धितोपत्रमध्ये नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को सर्वाधिक शेयर खरीदविक्री भएको छ ।
सो अवधिमा कम्पनीको रू. १२ करोड ८३ लाख १७ हजार बराबरको शेयर खरीदविक्री भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३८८ मा करोाबार भइरहेको छ ।
कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ४ दशमलव शून्य ५ प्रतिशत वृद्धि भएको हो । यो समचार तयार पार्दासम्म नेप्से परिसूचक ८ दशमलव ५१ अंक बढेर २ हजार ८१२ दशमलव १३ विन्दुमा पुगेको छ ।