भेरिएसनले धरहराको लागत १२ करोड थपियो

काठमाडौं, फागुन ११ । निर्माणाधीन धरहरा परिसरमा केही पूर्वाधारका संरचना थप गर्नुपरेपछि धरहराको लागत १२ करोड रूपैयाँ थपिने भएको छ। निर्माणाधीन धरहरा परिसरमा केही संरचनाको डिजाइन परिवर्तन गर्दा थप १२ करोड रूपैयाँको व्ययभार थपिएको हो। सुरुमा ठेक्का सम्झौता हुँदा धरहरा परिसरको लागत तीन अर्ब आठ करोड ११ लाख रूपैयाँमा भएको थियो। अहिले भने धरहराको डिजाइन […]

सम्बन्धित सामग्री

इस्टर्न हाइड्रोपावरको आईपिओमा आवेदन दिने समय थपियो

इस्टर्न हाइड्रोपावर लिमिटेडले सर्बसाधारणलाई निष्काशन गरेको आईपिओमा आवेदन दिने म्याद एक दिन थप भएको छ । कम्पनीको आईपिओमा आवेदन दिने आज कार्तिक १ गते अन्तिम दिन रहेकोमा आज सरकारले सार्वजनिक बिदा दिएकोले आवेदन दिने म्याद एक दिन थप भएको हो ।बिक्रि प्रबन्धक एनएमबि क्यापिटलका अनुसार अब यस आईपिओमा कार्तिक २ गते बैंकिंग समय भित्रमा आवेदन दिन सकिने छ । सरकारले आज सत्यमोहन जोशीको निधनमा शोक मनाउन बिदा दिएकोले आईपिओ भर्ने म्याद एक दिन थप भएको हो ।  कम्पनीले असोज २८ गतेदेखि सर्वसाधारणलाई आईपिओ बिकी खुला गरेको हो। कम्पनीले स्थानीयलाई बिक्रि गर्दा बिक्रि नभएको ५० हजार ३ सय १० कित्ता समेत जोडेर सर्वसाधारणलाई ६ लाख ७० हजार ३ सय १० कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ३३ हजार ५ सय १५ कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ भने १३ हजार ४ सय ६ कित्ता शेयर कम्पनीका कर्मचारीको लागि छुट्याईएको छ । बाँकि रहेको ६ लाख २३ हजार ३ सय ८९ कित्ता शेयरको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।  आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि दिन सकिने छ । शेयर निष्काशनको लागि एनएमबि क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले आयोजना प्रभावितलाई निष्काशन गरेको आईपिओ असोज ९ गते आइतबार बाँडफाँड गरेको थियो । कम्पनीले भदौ ७ गतेदेखि  भदौ २८ गतेसम्म  भोजपुर जिल्लाका आयोजना प्रभावित स्थानीयलाई शेयर निष्काशन गरेको थियो ।नेपाल धितोपत्र बोर्डले इस्टर्नलाई साउन ९ गते शेयर निष्काशनको लागि अनुमति प्रदान गरेको हो । इस्टर्न हाइड्रोपावर कम्पनीले मङ्सिर २४ गते बोर्डमा आवेदन दिएको थियो । कम्पनीले आयोजना प्रभावित स्थानीय र आम सर्वसाधारणको लागि १२ करोड ४० लाख रुपैयाँ बराबरको १२ लाख ४० हजार कित्ता शेयर निष्काशनको लागि अनुमति पाएको हो ।कम्पनीले भोजपुर जिल्लामा ५ मेगावाटको पिखुवा खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ । त्यस्तै भोजपुर मै १४.१ मेगावटको इर्खुवा जलविद्युत आयोजनाको सर्भे गरिरहेको छ ।

ग्रीन भेन्चर्सको आईपिओ भर्ने म्याद थपियो

ग्रीन भेन्चर्स लिमिटेडले आयोजना प्रभावितहरुका लागि बिक्रि खुला गरेको आईपिओमा आवेदन दिने म्याद थप भएको छ । कम्पनीले यस अघि आईपिओमा फागुन १६ गतेसम्म आवेदन दिन सकिने जनाएकोमा अब म्याद थप गरि फागुन २३ गतेसम्म आवेदन दिन सकिने जनाएको छ । कम्पनीले फागुन २ गतेदेखि साधारण सेयर आईपिओ बिकी खुला गरेको हो। कम्पनीले आयोजना प्रभावित ओखलढुंगा र रामेछापवासीहरुका लागि साधारण सेयर निष्काशन गरेको हो। कम्पनीले प्रति शेयर अंकित मुल्य रु.१०० दरका ३१ लाख २५ हजार कित्ता साधारण शेयर आयोजना प्रभावितलाई निष्काशन गरेको हो।  यस आईपिओमा  आयोजना प्रभावित क्षेत्र (खिजिदेम्बा गाउँपालिका-१ (साविक रगनी गा.वि.स.), ओखलढुङ्गा, खिजिदेम्बा गाउँपालिका-२ (साविक रगनी गा.वि.स.), ओखलढुङ्गा, खिजिदेम्बा गाउँपालिका -३ (साविक खिजीचण्डेश्वरी गा.वि.स.), ओखलढुङ्गा,लिखु गाउँपालिका-९ (साविक पोकली गा.वि.स.), ओखलढुङ्गा, लिखु तामाकोशी गाउँपालिका-१ (साविक दुरागाउँ गा.वि.स.), रामेछाप, लिखु तामाकोशी गाउँपालिका-२ (साविक सैपु गा.वि.स.), रामेछाप र उमाकुण्ड गाउँपालिका-७ (साविक भुजि गा.वि.स.) रामेछाप) मा स्थाई बसोबास गर्ने नेपाली नागरिकहरुले मात्र आवेदन दिन सक्ने छन्। आवेदन दिंदा न्युनतम १० र अधिकतम ५०,००० कित्ताको लागि आबेदन दिन सकिने छ।  कम्पनीको सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ।  कम्पनीले  आयोजना प्रभावितलाई आइपीओ निष्काशन गरे पश्चात सर्वसाधारणको लागि आइपीओ निष्काशन गर्नेछ। त्यसपछि कम्पनीको सेयर संरचना ८० प्रतिशत संस्थापक र २० प्रतिशत सर्वसाधारणको हुनेछ भने चुक्तापुंजी ३ अर्ब १२ करोड पुग्नेछ।  कम्पनीले ओखलढुंगामा ५२.४ मेगावाटको लिखु ४ हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ।

शुक्रवार विदा परेपछि सानिमा इक्विटी फण्डको बिक्री समय थपियो

१५ मंसिर, काठमाडौं । सानिमा क्यापिटलले जारी गरिरहेको सानिमा इक्विटी फण्डको बिक्री अवधि थप भएको छ । अकस्मात शुक्रवार विदा परेपछि बिक्री चाँडोका मंसिर १८ गतेसम्म खुला रहने भएको हो । मंसिर १२ गते देखि १ अर्ब २० करोड रुपैयाँ (१२ करोड इकाई) निष्कासन गरिरहेको छ । यी इकाईको बिक्री अब …