सशस्त्र प्रहरी बलको नम्बर २ छिन्नमस्ता बाहिनीले पछिल्लो ३ महिनामा अवैध रूपमा भारतबाट नेपाल भित्रिने तथा नेपालबाट भारततर्फ तस्करी हुन लागेका विभिन्न सामग्री लगायतका सामानहरू बरामद गरी १२ करोड ६५ लाख रुपैयाँ राजश्व दाखिला गराएको छ ।
२ नम्बर प्रदेशमा रहेको बाहिनीले २०७७ मंसिर १५ गतेदेखि फागुन १५ गतेसम्म अवैध रूपमा भित्रिएका पशु चौपाया, सवारी साधन र सवारी साधनको १ करोड ३६ लाख र अन्य सामानहरूको ७ करोड २० लाख २२ हजार ८९५ सहित ३ महिनामा १२ करोड ६५ लाख ६१ हजार ५२५ रुपैयाँ राजश्व दाखिला गरेको बाहिनीले जनाएक...