प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले दोस्रो पटक पेस गरेको बिदा अस्वीकृत भएको छ । असार ६ मा पोखरेलले आफूनिकटलाई प्रहरी प्रधान कार्यालयमा पठाएर थप ११ दिन घर बिदा पेस गरेका थिए ।प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले बिदा अस्वीकृत गरेको प्रहरी प्रवक्ता (एसएसपी) विष्णु कुमार केसीले रातोपाटीलाई बताए । प्रहरी प्रवक्ता केसीले भने–‘बिदा अस्वीकृत भएको जानकारी उहाँको घर ठेगानामा पठाइएको छ ।’ जेठ २५ मा पोखरेलले मागेको १० दिने घर बिदा पनि आईजीपी सिंहले अस्वीकृत गरेका थ