प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले बिदा अस्वीकृत भएपनि खटाइएको स्थानमा हाजिर नहुने अडान लिएका छन् । पोखरेलले कानुनी लडाईंका लागि माग गरेको थप १० दिनको बिदा अस्वीकृत भएसँगै उनले हाजिर नहुने बताएका हुन् । एआईजी पोखरेलका एक कानुनी सल्लाहकारले आईजीपीले बिदा अस्वीकृत गरेपनि प्रहरी मुख्यालय वा खटाइएको स्थानमा हाजिर नहुने बताए। पोखरेलको भनाई उदृद गर्दै ती सल्लाहकारले भने, ‘जसकाविरुद्ध मुद्दा हालिएको हो र जेका लागि मुद्दा हालिएको हो, त्यसको निरुपण नै भएको छैन । जबसम्म अदालत