काठमाडौं : इरानमा हिजाबको विषयलाई लिएर चर्किएको प्रदर्शन देशका ८० भन्दा बढी सहरमा विस्तार भएको छ।दुई हप्ताअघि एक युवतीलाई हिजाब नलगाएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएकै समयमा हिरासतमा मृत्यु भएपछि महिलाहरु देशव्यापी प्रदर्शनमा छन्।प्रदर्शनमा पुरुषको पनि सहभागिता बढेको छ। प्रदर्शनका क्रममा भएका झडपमा कम्तीमा ३५ जना प्रदर्शनकारीको मृत्यु भइसकेको छ। यस्तै ५ जना सुरक्षाकर्मी मारिएका छन्।प्रदर्शनकारीले देशका सर्वोच्च नेता अयातुल्लाह अली खामेनेईविरुद्ध नाराबाजी गरिरहेका छन्। इरानी टेलिभिजनहरुका अनुसा