भारतमा रोजगारी गरी घर फर्किनेले गाउँमा बढ्यो चहलपहल

डोटी– छिमेकी मुलुक भारतमा रोजगारी गरेर घर फर्किने डोटेलीहरूको केही दिनयतादेखि लर्को लाग्न थालेको छ । रोजगारीका लागि भारतका विभिन्न सहर पुगेका डोटीसहित समग्र सुदूरपश्मिवासी अहिले दशैँ नजिकिँदै गएकाले घर फर्किने गरेका छन् । भारतबाट रोजगारी गरी घर आउन थालेका यहाँका नागरिकका कारण अहिले जिल्ला सदरमुकाम तथा यहाँका गाउँघरमा निकै चहलपहल बढेको छ । रोजगारीबाट […]

सम्बन्धित सामग्री

भारतमा रोजगारी संकटको बहस

भारतीय अर्थतन्त्र ९ प्रतिशतसम्मको वृद्धिले अगाडि बढ्न सकेन भने युवाका लागि पर्याप्त रोजगारी सिर्जना गर्न सक्ने अवस्था छैन  भारत विश्वको पाँचौँ ठूलो अर्थतन्त्र हो । बाँकी चार देशलाई हेर्ने हो भने यसले...

श्रीमान्‌-श्रीमतीको झगडाले परिवार नै सखाप

२६ साउन, धनगढी । बझाङको बुंगल नगरपालिका–९ रारुका पुष्कर पार्की भारतमा रोजगारी गर्दै आएका थिए । रोजगारीकै सिलसिलमा भारतमा रहेका बेला केही वर्ष अघि उनको भेट बित्थडचिर गाउँपालिकाकी गीता पार्कीसँग भयो । दुवै जनाबीच प्रेमपछि परिवारकै सल्लाहमा विवाह पनि भयो । विवाह गरेपछि पनि पुष्कर रोजगारी गर्न भारततिरै गए । सवारी चालक समेत रहेका उनी […]

भारतमा रोजगारी संकट : काम गर्ने उमेर समूहका अधिकांशले खोज्न छाडे जागिर

वैशाख १३, काठमाडौं । भारतीय अर्थतन्त्रले अहिले युवाहरुको सिप र चाहना अनुरुपको पर्याप्त जागिर सृजना गर्न सकिरहेको छैन । अर्कोतिर कामको खोजी नै नगर्ने मानिसहरुको संख्या पछिल्लो समय बढ्न थालेको छ । आफूले चाहे जस्तो अनि आफ्नो दक्षताअनुरुपको काम पाउन नसकेपछि करोडौं भारतीय विशेषगरी महिलाहरु श्रम बजारबाट पूर्ण रुपमा बाहिरिरहेका छन् । मुम्बईस्थित निजी अनुसन्धान कम्पनी सेन्टर फर मनिटरिङ इन्डियन इकोनोमीले सार्वजनिक गरेको नयाँ डेटाले यस्तो देखाएको हो ।  देशको युवा जनसंख्या आर्थिक वृद्धिको बलियो चालक बन्नेमा आशा भारतले गर्दै आएको छ । तर पछिल्लो तथ्यांकले यसको ठिक उल्टो संकेत गरिरहेको छ । सन् २०१७ र सन् २०२२ को बीचमा समग्रमा श्रम सहभागिता दर ४६ प्रतिशतबाट घटेर ४० प्रतिशतमा सीमित भएको छ । महिलाहरुमा यो दर अझै डरलाग्दो छ । झन्डै २ करोड १० लाख महिला कार्यबलबाट बाहिरिएका छन् । अहिले जागिरका लागि योग्य महिला जनसंख्याको ९ प्रतिशत मात्रै श्रम बजारमा आबद्ध छन् वा जागिर खोजिरहेका छन् ।  भारतमा ९० करोड हाराहारीका मानिसहरुले काम गर्न कानूनले मान्यता दिएको उमेर पार गरेका छन् । तर यीमध्ये आधा भन्दा धेरैले भने जागिर नै नचाहने सीएमआईईको भनाइ छ । यति ठूलो संख्यामा कामदारहरु काम गर्न अनिच्छुक देखिनुले युवा जनसंख्याबाट भारतलाई हुन सक्ने फाइदा उसले नपाउनेतर्फ संकेत गरेको विश्लेषकहरुले बताउन थालेका छन् । यसले भारत मध्यम आयको पासोमै अल्झिरहने र के आकारको वृद्धिको बाटोले आर्थिक असमानता झनै बढाउने सम्भावना बढाएको बैंगलुरुस्थित सोसाइटी जनरल जीएससी प्रालिका अर्थशास्त्री कुनाल कुन्दु बताउँछन् ।  सरकारी क्षेत्रका जागिरमा आवेदन दिन लाखौं मानिसको भिड लाग्छ । प्रधानमन्त्री नरेन्द्र मोदीले रोजगारीलाई प्राथमिकता दिने भने पनि उनी नेतृत्वको सरकारले असम्भव जनसांख्यिकीय हिसाबको समाधानमा खासै प्रगति गरेको छैन । भारतले सन् २०३० सम्ममा कृषि बाहेक अन्य क्षेत्रमा कम्तिमा पनि ९ करोड नयाँ रोजगारी सृजना गर्न जरुरी भएको म्याकिन्से ग्लोबल इन्ष्टिच्यूटको सन् २०२० को एउटा प्रतिवेदनले देखाएको थियो । यसका लागि भारतीय अर्थतन्त्र वार्षिक ८ देखि साढे ८ प्रतिशतका दरले बढ्नु पर्नेछ ।  युवाहरुलाई रोजगारीमा आबद्ध हुन प्रेरित गर्न नसक्दा विकसित अर्थतन्त्र बन्ने भारतको सपना तुहिने हो कि भन्ने आशंका बढेको छ । भारतले जनसांख्यिकीय लाभांशबाट उच्चतम् लाभ लिन नसक्ने हो कि भन्ने चिन्ता पनि अर्थशास्त्रीहरुको छ । पछिल्लो केही वर्षयता भारतले विविध खालको चुनौतीको सामना गरिरहेको छ । कहिले अमौद्रिकीकरण त कहिले नयाँ कर प्रणालीको कार्यान्वयन अनि कहिले अनौपचारिक अर्थतन्त्रबाट औपचारिक अर्थतन्त्रसम्मको स्थानान्तरणको असफल प्रयास अनि कहिले कोरोना भाइरसको महामारी आर्थिक वृद्धिदरमा अनेकौं पक्ष तगारो बनेको छ ।  कार्यबलमा सहभागिता दर खुम्चिनुका कारण फरक फरक छ । बेरोजगार अधिकांश भारतीयहरु कि विद्यार्थी छन् कि गृहणी । यीमध्ये अधिकांश भाडाको रुपमा हुने कमाई, घरपरिवारका ज्येष्ठ सदस्यको पेन्सन वा सरकारी भत्तामा जीवन गुजारा गरिरहेका छन् । महिलाको मामिलामा भने घर बाहिरको असुरक्षा र घरकै कामले भएभरको समय खाइदिने अवस्था कारणका रुपमा देखिएको छ । भारतको कुल जनसंख्यामा महिलाको अनुपात ४९ प्रतिशत छ । तर जीडीपीमा महिलाको योगदान १८ प्रतिशत मात्रै छ । यो विश्वको औसतको पनि आधा हो ।  श्रम बजारमा महिला प्रति उदार खालको जागिर नहुनु पनि सहभागीता दर कम हुनुको अर्को कारण भएको सीएमआईईका महेश ब्यास बताउँछन् । पुरुषहरुमा जागिर खान रेल नै फेरेर भएपनि जाने इच्छा छ तर महिलाहरुमा यस्तो चाहना थोरै हुने ब्यासको भनाइ छ । अनि यो प्रवृत्ति ठूलो स्तरमा रहेको पनि उनले बताएका छन् । यो समस्या समाधानका लागि सरकारले विवाहका लागि योग्य उमेर बढाएर २१ मा पुर्‍याएको थियो । तर यसले अपेक्षाकृत फल दिएको छैन । अबेरसम्म घरबाहिर बसेर काम गर्नुलाई अहिले पनि कतिपय घरपरिवारमा राम्रो मानिदैंन । एजेन्सीको सहयोगमा

होचो गाउँ : अग्ला दु:ख

५ वैशाख, झापा । कचनकबल गाउँपालिका–४, पकलावानमा रहेको आफ्नो घरमा ६० वर्षीय असिबुल मियाँ एक्लै छन् । दुई छोरामध्ये एक जना खाडी मुलुक गएका छन्, अर्का भारतमा रोजगारी गरिरहेका छन् । ‘गाउँमा बसेर फाइदै हुन्न, विदेश नपठाएर के गर्नु ?’ उनी भन्छन्, ‘टोलका अरु धेरै पनि विदेश गएका छन् ।’ गाउँवासीको मुख्य पेशा कृषि हो […]

भारतमा विभिन्न समस्यामा परेका नेपालीको उद्धार गर्न माग

भारतमा रोजगारी गरिरहेका नेपालीलाई उद्धार र सहयोग गर्न नेपाली जनसम्पर्क समिति भारतले माग गरेको छ । शुक्रबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई नौ बुँदे ज्ञापनपत्र बुझाउँदै समितिले भारतमा रोजगारीमा रहेका नेपालीले विभिन्न किसिमका यातना र दुःख पाइरहेको र अलपत्र परेर अनाहकमा ज्यान गुमाइरहेका भन्दै उनीहरुको उद्धार र सहयोगका लागि माग गरेको हो ।समितिका अध्यक्ष बालकृष्ण पाण्डेले ज्ञापनपत्र बुझाउँदै प्रवासबाट फर्केर आएका व्यक्तिलाई नागरिकता बनाउन असहज भइरहेको गुनासो गरे । उनले छिटो छरितो ढ

भारतमै हराउँछन् रोजगारीका लागि गएका नेपाली कामदार

सन्धिपश्चात् गोर्खा सैनिकमा भर्ना खुल्नु पनि भारतमा आप्रवासन दर बढेको तथ्याङ्कले देखाउँछ। तर, हालसम्म पनि भारतमा रोजगारी गर्न जानेलाई सरकारले वैदेशिक रोजगारीको सूचीमा राखेको छैन। तेस्रो मुलुकमा जानेहरुलाई केही समस्या भएमा बीमादेखि लिएर अन्य सेवा सुविधा पा...

लाइनमा नागरिक

सीमामा भारत जानेको लाइन भारतमा रोजगारी गरिरहेका लाखौँ नेपाली कोरोना महामारीमा घर फर्किएका थिए । तर, स्वदेशमा  परिवार पाल्नसमेत धौधौ हुन थालेपछि महामारीकै बीच उनीहरू ज्यान जोखिममा राखेर फर्किन थालेका छन् । नाकामा फर्किनेहरूको...

कञ्चनपुरबाट १२५ महिलाको उद्दार

कञ्चनपुर। प्रलोभनमा पारी भारततर्फ लैजाँदै गरेका १२५ जना महिलाको माइती नेपाल कञ्चनपुरले सीमानाका गड्डाचौकी र झोलुङ्गे पुलबाट उद्दार गरेको छ। १४ महिनाको अवधिमा भारततर्फ लैजाँदै गरेका ती महिलाको उद्दार गरी माइती नेपालले घर फिर्ता पठाएको हो। माइती नेपालका अनुसार भारतमा रोजगारी र विवाहको प्रलोभन दिएर दलालहरूले महिलालाई सीमानाकामा पुर्‍याउने गरेका छन्। सीमाबाट घर फर्काइएकामध्ये सबैभन्दा बढी दलित समुदायका छन्।रासस

भारतमा रोजगारी गुमाएर फर्किनेको नाकामा भिड

१० वैशाख, डोटी । कैलालीका शिवराज राना रोजगारीका लागि भारत गएको जम्माजम्मी पाँच महिना भएको छ । भारतमा कोरोना महामारी फैलिएपछि गएको जेठमा नोकरी छोडेर नेपाल आएका शिवराजले २१ दिन क्वारेन्टिनमा बिताउँदा अब भारत नजाने निधो गरेका थिए । नेपालमै बसेर केही गर्ने सपना बुनेका उनले ६ महिना गाउँमै बिताए । तर कुनै काम सुरु […]

लगानी गर्ने पैसा छैन, काम पाइँदैन, विदेश नगएर के गरौँ !

निरोज रैकाल/पुर्चौडी बैतडी । भन्न त भन्छन् नि त्यो त कमाउन विदेश गयो । तर आफ्नै देशमा रोजगारी पाए को जान्थ्यो र अर्काको देशमा । आफ्नो देशमा बेरोजगार भएर बस्नुभन्दा त अर्काको देशमा काम गर्नु नै बेस जस्तो लाग्छ मलाई पनि । कोरोना महामारी अघिसम्म म पनि भारतमा रोजगारी गर्थेँ । कमाइ धेरथोर जति भए पनि घर चलाउन पुगेको थियो । तर कोरोना मेरो जीवनमा हुरी बनेर आयो । कोरोना आएपछि म घर आएँ । घर आएको एक वर्ष भयो । अनि बेरोजगार भएको पनि ।ठूलो काम गर्छु भन्ने सपना के देख्नु आफ्नो ठूलाबडासँग चिनजान छैन । जे पाइन्छ त्यही काम ...