निरोज रैकाल/पुर्चौडी बैतडी । भन्न त भन्छन् नि त्यो त कमाउन विदेश गयो । तर आफ्नै देशमा रोजगारी पाए को जान्थ्यो र अर्काको देशमा । आफ्नो देशमा बेरोजगार भएर बस्नुभन्दा त अर्काको देशमा काम गर्नु नै बेस जस्तो लाग्छ मलाई पनि । कोरोना महामारी अघिसम्म म पनि भारतमा रोजगारी गर्थेँ । कमाइ धेरथोर जति भए पनि घर चलाउन पुगेको थियो । तर कोरोना मेरो जीवनमा हुरी बनेर आयो । कोरोना आएपछि म घर आएँ । घर आएको एक वर्ष भयो । अनि बेरोजगार भएको पनि ।ठूलो काम गर्छु भन्ने सपना के देख्नु आफ्नो ठूलाबडासँग चिनजान छैन । जे पाइन्छ त्यही काम ...