काठमाण्डाै - मध्यपुर युथ एसोसिएशनले आयोजना गरेको ग्रासरुट फुटबल अभियानकाे उद्घाटन भएको छ । मध्यपुर थिमिमा रहेकाे एसोसिएशनको कार्यालयमा आज मध्यपुर नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठले अभियान उद्घाटन गर्नुभएकाे हाे ।
एसोसिएशनका अध्यक्ष तथा नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान उपेन्द्रमान सिंहले यो अभियान अन्तर्गत सुरुवातमा साप्ताहिक रुपमा आधारभूत फुटबल प्रशिक्षण दिने, लिग प्रतियोगिता सञ्चालन गर्ने र क्षमतावान् खेलाडीलाई एकेडेमीमै राखेर थप प्रशिक्षणको व्यवस्था मिलाइने जानकारी दिनुभयो । अहिले साप्ता...