शिखर इन्स्योरेन्सको अवितरित हकप्रद शेयर आजदेखि लिलामीमा

वैशाख १९, काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले अवितरित ७७ हजार ७२० दशमलव ८८ कित्ता अवितरित हकप्रद शेयर आज (सोमवार) देखि लिलामीमा विक्री गर्ने भएको छ ।  कम्पनीले यस अघि चैत १ गतेदेखि २१ गतेसम्म ३० प्रतिशत हकप्रद शेयर विक्री खुला गर्दा वितरण हुन नसकेको सर्वसाधारण तर्फको उक्त शेयर लिलामी प्रकृयाबाट विक्री गर्न लागेको हो ।  यो शेयर खरीदका लागि वैशाख २६ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने व्यवस्था छ । शेयरको मूल्य प्रतिकित्ता रू. १०० तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गनु पर्नेछ ।  बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ता वा सोभन्दा बढीका लागि तोकिएको सीमाको अधिनमा रही अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने जानकारी कम्पनीले दिएको छ ।  तोकिएको अवधिभित्र प्राप्त बोलपत्रको छानविन गरी सबैभन्दा बढी बोलकबोल गर्ने आवेदकलाई शेयर बाँडफाँट गरिने भनाई कम्पनीको छ । इच्छुक खरीदकर्ताहरुले विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड लाजिम्पाट, काठमाडौं तथा शाखा कार्यालयहरु पुतलीसडक काठमाडौं, लगनखेल ललितपुर, चिप्लेढुङ्गा पोखरा, ट्राफिक चोक बुटवल, आदर्श नगर बीरगंज र गोल्छाचोक विराटनगरका साथै नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको नारायणगढ, हेटौडा, बिर्तामोड, जनकपुर, तुल्सीपुर दाङ, सुर्खेत, नेपालगन्ज र धनगढीबाट पनि आवेदन प्राप्त गर्न र बुझाउन सकिने व्यवस्था छ । कम्पनीले हाल कायम चुक्तापूँजी रू. १ अर्ब ७५ करोडको आधारमा १:०.३ अनुपातमा रू. १०० अंकित दरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर विक्री गरेको हो । अवितरित बाँकी हकप्रद शेयर विक्री तथा बाँडफाँट पश्चात यो पूँजी रू. २ अर्ब २८ करोड पुग्नेछ । 

सम्बन्धित सामग्री

आइएमई जनरल इन्स्योरेन्सको अवितरित हकप्रद आजदेखि लिलामीमा

वैशाख १२, काठमाडौं । आइएमईको जनरल इन्स्योरेन्स लिमिटेडले आज (सोमार) देखि अवितरित हकप्रद शेयर लिलामी प्रक्रियाबाट विक्री खुला गर्ने भएको छ ।  कम्पनीले गत फागुन १२ गतेदेखि चैत १३ गतेसम्म विक्री खुला गर्दा वितरण हुन नसकेको संस्थापक समूहको २ हजार २६१ कित्ता र सर्वसाधारण समूहतर्फको ८८ हजार ९३४ कित्ता शेयर लिलामी प्रक्रियाबाट विक्री गर्न लागेको हो । यो शेयर खरीदका लागि वैशाख २० गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । यो शेयरको न्यूनतम मूल्य रू. १०० तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।  उक्त शेयरमा बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।  बोलपत्र विक्री प्रबन्धकसँगै ग्लोबल आइएमई बैंकका शाखा कार्यालय झापा, मोरङ, धनुषा, वीरगञ्ज, हेटौँडा, चितवन, कास्की, रुपन्देही, बागलुङ, बाके, सुर्खेत, दाङ, कैलाली, कञ्चनपुरमा प्राप्त गर्न र पेश गर्न सकिनेछ ।

दुई वाणिज्य बैंक सहित चार ओटा कम्पनीको संस्थापक शेयर आजदेखि लिलामीमा

भदौ ३१, काठमाडौं । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको स्वामित्वमा रहेको दुई ओटा वाणिज्य बैंक सहित चार कम्पनीको संस्थापक शेयर आज (बिहीवार)देखि लिलामीमा आएको छ ।  प्रभु बैंकको ५० हजार कित्ता, नेशनल लाईफ इन्स्योरेन्सको १ लाख कित्ता, नेपाल ग्रामीण विकास लघुवित्तको ३५ हजार कित्ता र प्राइम कमर्सियल बैंकको १ लाख कित्ता संस्थापक शेयर असोज ८ गतेसम्मका लागि लिलामीमा आएको हो ।  प्रभु बैंकको शेयरको मूल्य प्रतिकित्ता रू. २०५, नेशनल लाईफ इन्स्योरेन्सको प्रतिकित्ता रू. ४२१, नेपाल ग्रामीण विकास लघुवित्तको प्रतिकित्ता रू. ४०० र प्राइम कमर्सियल बैंकको प्रतिकित्ता रू. ८ तोकिएको छ ।  यी शेयर खरीद गर्न चाहने विद्यमान संस्थापक शेयरधनी तथा अन्य जो कोहि व्यक्ति तथा संस्थाहरुले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ ।  यी शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम २ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यी कम्पनीहरुको शेयर बाँडफाँटमा प्राप्त गर्ने आवेदकहरुले कम्पनीहरुद्वारा भदौ ३१ गतेपछि सार्वजनिक हुने लाभांश तथा हकप्रद शेयर समेत प्राप्त गर्ने जानकारी कम्पनीले दिएको छ । यी शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । विक्रीमा आएको शेयरको विवरण :                                                                स्रोतः सम्बन्धीत कम्पनीद्वारा जारी सूचना

महुली लघुवित्त र नेशनल माइक्रोफाइनान्सको संस्थापक शेयर आजदेखि लिलामीमा

जेठ १३, काठमाडौं । बिहीवारदेखि दुई कम्पनीको संस्थापक शेयर लिलामीमा आएको छ ।  एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको महुली लघुवित्तको ५६ हजार २७० कित्ता र नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको ४१ हजार ८९६ कित्ता शेयर लिलामीमा विक्री खुला भएको हो । नेशनल माइक्रोफाइनान्सको शेयरको मूल्य प्रतिकित्ता रू. ५१७ र महुली लघुवित्तको शेयरमूल्य प्रतिकित्ता रू. ८०० तोकिएको छ ।  यी शेयर खरीदका लागि बोलकबोल गर्दा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । यी शेयर खरीदका लागि जेठ ३१ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।  नेशनल लाईफ इन्स्योरेन्सको शेयर खरीदका लागि न्यूनतम १०० कित्ता र महुली लघुवित्तको शेयर खरीदका लागि न्यूनतम ५०० कित्ताका लागि आवेदन दिन सकिनेछ ।  अधिकतम कित्ताका लागि भने कुनै हद लाग्ने छैन । दुवै कम्पनीको यो शेयर बाँडफाँटमा प्राप्त गर्ने आवेदकहरुले कम्पनीहरुद्वारा जेठ १३ गतेपछि प्रस्ताव गरिने लाभांश तथा हकप्रद शेयर प्राप्त गर्न सक्नेछन् । दुवै कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।