गृह मन्त्रालयले बाढी पहिरो र डुवानको उच्च जोखिममा रहेका वस्तीहरुमा आवश्यक सतकर्ता अपनाउन सम्वन्धित जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ ।
विभिन्न नदी किनारा, खोला, खहरे तथा खोल्सा नजिकका वस्तीहरु बाढीपहिरो र डुवानको उच्च जोखिममा छन् । ती वस्तीहरुमा सम्भावित विपद् सम्वन्धी पूर्वसूचना ‘हाइ अलर्ट’ गर्न निर्देशन दिएको छ ।
मनसुन सक्रिय भएसंँगै नदीको वहाव बढन गई वस्ती बग्ने, बाढीपहिरो आउने र खोल्सा नजिकको बस्ती भासिने समस्या देखिन थालेकाले त्यस्ता जोखिमक्षेत्रमा रहेका वस्तीहरु सार्न समेत निर्देशन दिएको छ ।